प्रकाश बम/मंसिर १८, डोटी । डोटीमा शुक्रबार पुरुष पद यात्रा निकालिएको छ । महिला तथा बालबालिका माथि हुने लैगिक हिँसा बिरुद्धको १६ दिने अभियानको अवसरमा सिलगढीक"/>
प्रकाश बम/मंसिर १८, डोटी । डोटीमा शुक्रबार पुरुष पद यात्रा निकालिएको छ । महिला तथा बालबालिका माथि हुने लैगिक हिँसा बिरुद्धको १६ दिने अभियानको अवसरमा सिलगढीक"/>
प्रकाश बम/मंसिर १८, डोटी । डोटीमा शुक्रबार पुरुष पद यात्रा निकालिएको छ । महिला तथा बालबालिका माथि हुने लैगिक हिँसा बिरुद्धको १६ दिने अभियानको अवसरमा सिलगढीको इन्द्रचोक देखि जिल्ला प्रशासन कार्यलय सम्म पुरुष पदयात्र निकालिएको हो ।
‘घरशान्ति नै विश्व शान्तिको आधार,दिगो विकासका लागि लैगिक हिँसा रहित समाज ’ भन्ने मुल नाराका साथ शुक्रबार पुरुष पदयात्रा पहिलो पटक निकालिएको जनाएको छ । पदयात्राको कोणसभा कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले अव जिल्लाका सम्पुर्ण कार्यलयमा लैंगिक सम्पर्क ब्यक्ति नतोको कार्यलयमा तत्काल तोक्न लगाउने बताए । आगामि दिनमा यस्ता यस्ता कार्यक्रम गाउ मुखि हुनु पर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
त्यस्तै कोण सभाकार्यक्रमलाई सम्बोधन गर्दै महिला तथा वाल बालिका कार्यलय डोटीका प्रमुख निर्मला दाहलले प्रतिबद्धता जनाएर पछि जिम्मेरवार पनि हुनु पर्ने बताए । त्यस्तै कार्यक्रममा गैसस महासंघका अध्यक्ष रघु कठायत, पदम पब्लीक मुक्तिनायरण माध्यमिक बिद्यालयमाका प्राधानाध्यापक गिता जोशि, युवालयका अध्यक्ष संजोक ठकुरीले कोण सभामा बोल्दै सोचमा परीवर्तन हुनु पर्ने बताए । होटलमा पुरुषले खान पकाउन हुने तर घरमा पकाए हेपिने जस्ता मनसायबाट अगाढी बढ्नु पर्ने कुरामा बक्ताहरुले जोड दिएका थिए ।