2026-10-15 05:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा अब बन्ने भवनहरु अपाङ्गमैत्री बनाउन माग

मंसिर १८, धादिङ । अब बन्ने भवनहरु अपाङ्गमैत्री बनाउन सरोकार भएकाहरुले माग गरेका छन् । 

भवन आचारसंहिता लागू भएको लामो समय भइसक्दा सदरमुकाममा रहेका सरकारी भवन समेत अपाङ्गमैत्री छैनन् । महिला तथा बालबालिका कार्यालयसहित विभिन्न सङ्घसंस्थाले संयुक्त रुपमा शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा अपाङ्गता भएकाहरुले प्रजिअसँग सो माग गरेका हुन् । 

हालै निर्माण भएको घरेलु तथा साना उद्योग विकास समितिको तालिम कक्ष र शौचालय अपाङ्गमैत्री छैनन् । जिल्ला अस्पतालको प्रशासन फाँट तीन तला माथि रहेकाले प्रयोगमा समस्या छ । जिल्लाका सरकारी कार्यालयमा अपाङ्गता भएकाहरुको पहुँच नभएको र हाल निर्माण भइरहेका विद्यालय अपाङ्गता भएकाहरुको पहुँचभन्दा टाढा रहेको जनाइएको छ । 

सहभागीको प्रश्नको उत्तर दिँदै निमित्त प्रजिअ लीलाधर अधिकारीले अब बन्ने भवनलाई अपाङ्गमैत्री बनाउन पहल गरिने, सरकारी र गैरसरकारी निकायको कार्यालयलगायत सेवा अपाङ्गमैत्री बनाइने बताउँदै सरकारको नीति लागू गराउनका लागि सबै नागरिकलाई अपाङ्गमैत्री वातावरण बनाउन आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने