मंसिर १८, रामेछाप । आज २५ औं विश्व अपांगता दिवस, नेपाल पनि विविध कार्यक्रमगरी यो दिवस मनाईंदै छ । विशेषतः अपांगताको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले आज विविध चेतनामुलक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १८, रामेछाप । आज २५ औं विश्व अपांगता दिवस, नेपाल पनि विविध कार्यक्रमगरी यो दिवस मनाईंदै छ । विशेषतः अपांगताको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले आज विविध चेतनामुलक "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

२५ औँ अपांगता दिवस रामेछापमा पनि मनाईयो

१८ मंसिर २०७३, शनिबार ०८:०५


मंसिर १८, रामेछाप । आज २५ औं विश्व अपांगता दिवस, नेपाल पनि विविध कार्यक्रमगरी यो दिवस मनाईंदै छ । विशेषतः अपांगताको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले आज विविध चेतनामुलक कार्यक्रमहरु आयोजना गरेका छन् ।

यसैबिच आज २५ औं अन्तराष्ट्रिय अपांगता दिवस, रामेछापमा पनि एक कार्यक्रम गरी मनाईंएको छ । ‘हाँसिल गरौ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौ हामीले चाहेको भविष्य  भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको हो ।

शनिबार बिहान महिला तथा बालबालीका कार्यलय रामेछापको आयोजना तथा जिल्लामा अपांगताको क्षेत्रमा क्रियाशिल बिभिन्न संघसंस्थाहरुको समन्वयमा निकालिएको ¥यालि मन्थली बजार परिक्रमा गरी जिल्ला बिकास समीतीको प्रांगणमा पुगी औपचारीक कार्यक्रममा परिणत भएको थियो ।

महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

महिला विकास अधिकृत अधिकारीले अपाङ्गता भएका व्याक्तिले मात्रै हकअधिकार नखोजी आ–आफ्नो क्षेत्रबाट सबै क्षेत्रका व्यतीहरुले उनीहरुको हक हितका बारेमा वकालत गर्नु सबैको  दायित्व रहेको बताउनु भयो ।

कार्यक्रममा प्रजिअ अधिकारी, स्थानिय बिकास अधिकारी दिनेशराज पन्त, जिल्ला स्थीत राजनैतिक दलका प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंगेल, गैरसरकारी सस्था महासंघ रामेछापका अध्यक्ष मिलन घिसिङ लगायतले अपांगता भएका ब्यक्तीहरुको हक अधिकारको लागी निरन्तर लागी पर्ने बताउनु भयो । 

कार्यक्रममा उपस्थीत अपांगता भएका ब्यक्तीहरुले आफुहरुलाई सार्वजनिक यातायातका साधनहरुले छुट नदिएको, सरकारी कार्यालयहरु अपांग मैत्री नभएको लगाएतको गुनासो गरेका थिए ।

नेपालमा करिब ३० लाख अपांगता भएका व्यक्तिहरु भएको तथ्यांकले देखाएको छ । अपांगताका क्षेत्रमा काम गर्न विभिन सरकारी र गैरसरकारी क्षेत्र क्रियाशिल रहेपनि आपंगताको क्षेत्रमा खासै परिवर्तन हुन नसकेको सरोकारवालाहरुको भनाई रहेको छ । -नारायण श्रेष्ठको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु