मङ्सिर १८, म्याग्दी । पश्चिम म्याग्दी यातायात सेवा प्रालि दरवाङले बेनी– दरबाङ सडकखण्डमा भोलिदेखि सञ्चालन गर्न ल्याएको दुईवटा जिप पर्वत बेनीमा तोडफोड भएको छ ।
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १८, म्याग्दी । पश्चिम म्याग्दी यातायात सेवा प्रालि दरवाङले बेनी– दरबाङ सडकखण्डमा भोलिदेखि सञ्चालन गर्न ल्याएको दुईवटा जिप पर्वत बेनीमा तोडफोड भएको छ ।
"/>
2026-09-18 08:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दी यातायात सेवाका जिप तोडफोड

मङ्सिर १८, म्याग्दी । पश्चिम म्याग्दी यातायात सेवा प्रालि दरवाङले बेनी– दरबाङ सडकखण्डमा भोलिदेखि सञ्चालन गर्न ल्याएको दुईवटा जिप पर्वत बेनीमा तोडफोड भएको छ ।

दरबाङमा भोलि उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारीका साथ ल्याउन लागेको जिपमध्ये दुईवटा जिपको अगाडिको सिसा, झ्याल लगायतमा क्षति पुगेको छ ।

म्याग्दी आउने क्रममा गएराति करिब १० बजे ८÷९ जनाको समूहमा आएका युवाले तोडफोड गरेको प्रालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । उनले म्याग्दी जिप तथा बस सञ्चालक समिति अन्तर्गतको काउन्टरका कर्मचारीले आफ्नो प्रालिको सेवा सुचारु हुन नदिने नियतले उक्त तोडफोड गरेको दाबी गरे ।

उक्त समूहले जिप चालकलाई पनि हातपातको प्रयास गरेको बताइएको छ । म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले घटनालगत्तै तोडफोड भएका जिपलाई प्रहरी कार्यालयमा ल्याइएको र दोषीलाई पर्वत प्रहरीसँग समन्वय गरी खोजी गरिरहेको बताए ।

यसैबीच, उक्त तोडफोडमा आफ्नो समितिको कुनै संलग्नता नभएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले जानकारी दिए । उनले उक्त प्रालिसँग सेवामा प्रतिस्पर्धा गर्न समिति तयार रहेको कारण समितिले कुनैपनि अनैतिक प्रतिस्पर्धा नगर्ने समेत बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई