मङ्सिर १८, नवलपरासी । नवलपरासीका अपाङ्गहरुले, संविधानमा अपाङ्गलाई व्यस्था अनुसारका सबै सेवा सुविधानमा अपाङ्गहरुको प्रतिनिधित्व हुनु पर्ने माग गरेका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १८, नवलपरासी । नवलपरासीका अपाङ्गहरुले, संविधानमा अपाङ्गलाई व्यस्था अनुसारका सबै सेवा सुविधानमा अपाङ्गहरुको प्रतिनिधित्व हुनु पर्ने माग गरेका छन् ।&nb"/>

2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका अपाङ्गहरुले भने- संविधानको व्यवस्था अनुसार सबै क्षेत्रमा अपाङ्गको प्रतिनिधित्व हुनुपर्छ


मङ्सिर १८, नवलपरासी । नवलपरासीका अपाङ्गहरुले, संविधानमा अपाङ्गलाई व्यस्था अनुसारका सबै सेवा सुविधानमा अपाङ्गहरुको प्रतिनिधित्व हुनु पर्ने माग गरेका छन् । 

२५ आंै अन्तराष्ट्रिय अपाङ्ग दिवसको असरमा सदरमुकाम परासीमा आयोजित कार्यक्रममा अपाङ्गहरुले संविधानमा व्यवस्था अनुसारको सेवा सुविधाहरु हामीले नपाएको गुनासो गर्दै यसलाई पुर्णरुपले कार्यान्वय गर्न सरकार संग माग गरेका हुन् । 

जिल्लामा करिब १२ हजार अपाङ्गता भएका व्यक्ति छन् तर ५ हजार ५ सयले मात्र अपाङ्गता अहिलेसम्म परिचय पत्र पाएका छन्, जसमा ६ हजार ५ सयले अझै परिचय पत्र पाएका छ्रैनन् । अपाङ्गहरु यातायात गर्दा आरक्षित शिट, भाडाा छुट, शिक्षक, कर्मचारी कोटामा समावेशिता, विद्यालयहरुबाट अपाङ्ग विद्यार्थीलाई प्रदान गरिने सेवा सुविधा र सम्बन्धित निकायबाट लक्षित कार्यक्रमहरु समेतमा अपाङ्गहरुलाई वेवास्ता गरिदै आइएको मधेशी अपाङ्ग महासंघका राष्ट्रिय उपाध्यक्ष बच्चाराज भरले गुनासो गर्नु भयो । 

संविधनमा अपाङ्गका लागि सबै व्यवस्था त भयो तर अझै पनि कार्यान्वय भइएको छैन । सबैतिरबाट हेपिदै आएका अपाङ्गहरु अझैपनि अधिकांश सेवा सुविधाहरुबाट बन्चित रहेको अवस्था छ । अपाङ्ग व्यक्तिहरुलाई परिचय पत्र, शिक्षा, रोजगारी, शिपमुलक तालिम र सबै क्षेत्रमा समावेशी गराउनु पर्ने अपाङ्गहरुले यसै मंचबाट माग गरेका थिए । 

जिल्लामा रहेका अपाङ्ग व्यक्तिहरुलाई क,ख,ग र घ वर्ग गरि ४ प्रकारका अपाङ्ग परिचय पत्र वितरण भैरहेको महिला तथा बालबालिका कार्यालयकि कार्यालय प्रमुख उर्वरा लुईटेलले बताउनु भयो । लुईटेलका अनुसार अपाङ्ग क्षेत्रमा आएको बजेट पुर्णरुपले अपाङ्गहरुकै क्षेत्रमा खर्चिने गरिएछ भने अपाङ्ग विद्यार्थीहरुलाई शिक्षा, खानबस्नको व्यस्था समेत मिलाईदै आइएको छ । प्रमुख लुईटेलले यस कार्यालयबाट अपाङ्गहरुको परिचय पत्र, ह्वीलचेयर, बैशाखी, अपाङ्गभत्ता र सबै प्रकारको सेवा दिदै आइएको दावी गर्नु भयो 

 राष्ट्रि अपाङ्ग महासंघ नेपाल जिल्ला कार्यसमितिद्धारा आयोजित कार्यक्रममा पत्रकारिता, खेलकुद, सांस्कृतिक, कर्मचारी र शिक्षा क्षेत्रमा राम्रो काम गर्दै आएका दर्जनभन्दा बढि अपाङ्गहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अपाङ्गहरुलाई विभिन्न क्षेत्रमा अवसर दिने र सरकारद्धारा प्रदान सेवा सुविधाहरुमा अपाङ्ग व्यक्तिहरुलाई प्राथमिकतामा राखी काम गर्ने विभिन्न सरोकारवालाहरुले आश दिलाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो