३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन प्रस्ताव पारित हुन्छ: देउवा

१८ मंसिर २०७३, शनिबार १०:१९

मङ्सिर १८, इनरुवा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेका छन् । 

प्रेस युनियन सुनसरीले लौकहीमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सो कुरा बताएका हुन् । देउवाले अहिलेको संविधान संशोधनले समस्याको समाधान गर्ने भएकाले पारित हुने र त्यसपछि मुलुक राजनीतिक निकास तर्फ उन्मुख हुने बताए । 

उनले संविधान संशोधनमा एमालेले पनि साथ र सहयोग गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले संविधान संशोधन भएपछि मुलुक निर्वाचनमा जाने र शान्ति तथा स्थायित्व कायम हुने विश्वास व्यक्त गरे । 

उनले काँग्रेस १ नं प्रदेशबाट सुनसरी, मोरङ र झापा टुक्राउन कुनैपनि हालतमा सहमत हुननसक्ने बताए । उनले संविधान संशोधन प्रस्ताव पारित नभए पनि सरकार परिवर्तन नहुने र यही सरकारले काम चलाउने जिकिर गरे । 

सभापति देउवाले संविधान संशोधन प्रस्ताव मधेसी दलका लागि नभई मधेसी जनताका लागि भएका कारण यो प्रस्तावलाई सबैले स्वीकार गर्नुपर्ने विचार व्यक्त गरे । 

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहता, श्रम राज्यमन्त्री दिलीप गच्छदार, पूर्व सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, पूर्व वनमन्त्री महेश आचार्य, काँग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, सुनसरी जिल्ला सभापति राजिव कोइराला, सचिव केदार भण्डारीलगायतको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध