मङ्सिर १८, नवलपरासी । नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले १० जना साथी शिक्षकहरुलाई (पियर एजुकेटर) एक तालिममा मार्फत सघन यौनिकता शिक्षा प्रदान गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १८, नवलपरासी । नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले १० जना साथी शिक्षकहरुलाई (पियर एजुकेटर) एक तालिममा मार्फत सघन यौनिकता शिक्षा प्रदान गरेको छ । "/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका दशजना युवायुवतीलाई सघन यौनिकता शिक्षा प्रदान

२०७३, १८ मंसिर शनिबार ११:१२


मङ्सिर १८, नवलपरासी । नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले १० जना साथी शिक्षकहरुलाई (पियर एजुकेटर) एक तालिममा मार्फत सघन यौनिकता शिक्षा प्रदान गरेको छ । किसोरकिसोरी तथा युवयुवतीहरुलाई वृहत यौनिकता शिक्षा अति आवश्यक रहेको हुनाले ति साथी शिक्षकहरु माफर्त छरिएर रहेका युवाहरुलाई यौनिकता शिक्षाको विषयमा परामर्श गर्ने उद्देश्यले सो सघन यौनिकता शिक्षा प्रदान गरिएको हो । 

 संघद्धारा आफनै भवनमा संचालित तिन दिने तालिममा शाखा अन्तर्गत नयाँ बेल्हानी, रमपुरवा र सुनवल स्थित सामुदायिक क्लिनीकबाट गरि १० जना पियर एजुकेटरहरुलाई यौनिकता शिक्षा प्रदान गरिएको थियो । 

तालिममा नेपाल परिवार नियोजन संघबाट प्रदान गरिदै आइएको नियमित महिला स्वास्थ्य परिक्षण, एचआईभी एडस् परिक्षण, गर्भवती तथा सुतकेरी चेकजाँज, परिवार नियोजन संघका अस्थायी साधन, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, सबै समुदायमा एफपान सेवाको पहुंच, किसोर किसोरी तथा युवायुवतीलाई प्रवद्र्धन गर्ने लगायतका सेवाहरुको बारेमा जानकारी दिइएको संघका सुपरभाईजर राजेश साक्यले बताउनु भयो । 

 लामो समयदेखि संघ तथा यसका सामुदायिक क्लिनीकहरुबाट महिला स्वास्थय परिक्षण सेवा  प्रदान तथा निशुल्क रुपमा परिवार नियोजनको साधन वितरण गरिदै आइएको छ । तालिममा अब शिक्षा प्राप्त पियरएजुकेटर (साथी शिक्षक)हरुले कसरी क्लिनीक क्षेत्र बाहेकका क्षेत्रहरुमा किसोरकिसोरी तथा युवायुवतीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य विषयमा परामर्श गर्ने, परिवार नियोजन संघको साधनहरु वितणर गर्ने र सुरक्षित एवं व्यस्थित परिवार विषय समेतमा युवायुवती तथा आम महिलाहरुमा जनचेतना जगाउने विषयमा वृहत छलफल गरिएको सघका प्रबन्धक नवराज अधिकारीले जानकारी दिनु भयो । 

त्यस्तै युवा सुचना केन्द्र, युवालाई प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण, शुक्रवारे विद्यार्थी शिक्षा कार्याक्रम, साथी शिक्षक पुर्नताजगी, सन्देश मुलक होर्डिगंबोर्ड स्थापना, नियमित अनुगमन मुल्यांक लगायतको काम समेत परिवार नियोजन संघले गर्दै आएको संघका सुपरभाईजर शाक्यले बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा