2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दशजना युवायुवतीलाई सघन यौनिकता शिक्षा प्रदान

रबिन्द्र यादव । मंसिर १८, नवलपरासी ।  नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले १० जना साथी शिक्षकहरुलाई (पियर एजुकेटर) एक तालिममा मार्फत सघन यौनिकता शिक्षा प्रदान गरेको छ । किसोरकिसोरी तथा युवयुवतीहरुलाई वृहत यौनिकता शिक्षा अति आवश्यक रहेको हुनाले ति साथी शिक्षकहरु माफर्त छरिएर रहेका युवाहरुलाई यौनिकता शिक्षाको विषयमा परामर्श गर्ने उद्देश्यले सो सघन यौनिकता शिक्षा प्रदान गरिएको हो । 

संघद्धारा आफनै भवनमा संचालित तिन दिने तालिममा शाखा अन्तर्गत नयाँ बेल्हानी, रमपुरवा र सुनवल स्थित सामुदायिक क्लिनीकबाट गरि १० जना पियर एजुकेटरहरुलाई यौनिकता शिक्षा प्रदान गरिएको थियो । तालिममा नेपाल परिवार नियोजन संघबाट प्रदान गरिदै आइएको नियमित महिला स्वास्थ्य परिक्षण, एचआईभी एडस् परिक्षण, गर्भवती तथा सुतकेरी चेकजाँज, परिवार नियोजन संघका अस्थायी साधन, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, सबै समुदायमा एफपान सेवाको पहुंच, किसोर किसोरी तथा युवायुवतीलाई प्रवद्र्धन गर्ने लगायतका सेवाहरुको बारेमा जानकारी दिइएको संघका सुपरभाईजर राजेश साक्यले बताउनु भयो । 

लामो समयदेखि संघ तथा यसका सामुदायिक क्लिनीकहरुबाट महिला स्वास्थय परिक्षण सेवा  प्रदान तथा निशुल्क रुपमा परिवार नियोजनको साधन वितरण गरिदै आइएको छ । तालिममा अब शिक्षा प्राप्त पियरएजुकेटर (साथी शिक्षक)हरुले कसरी क्लिनीक क्षेत्र बाहेकका क्षेत्रहरुमा किसोरकिसोरी तथा युवायुवतीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य विषयमा परामर्श गर्ने, परिवार नियोजन संघको साधनहरु वितणर गर्ने र सुरक्षित एवं व्यस्थित परिवार विषय समेतमा युवायुवती तथा आम महिलाहरुमा जनचेतना जगाउने विषयमा वृहत छलफल गरिएको सघका प्रबन्धक नवराज अधिकारीले जानकारी दिनु भयो । 

त्यस्तै युवा सुचना केन्द्र, युवालाई प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण, शुक्रवारे विद्यार्थी शिक्षा कार्याक्रम, साथी शिक्षक पुर्नताजगी, सन्देश मुलक होर्डिगंबोर्ड स्थापना, नियमित अनुगमन मुल्यांक लगायतको काम समेत परिवार नियोजन संघले गर्दै आएको संघका सुपरभाईजर शाक्यले बताउनु भयो ।  फोटो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो