मङ्सिर २१, ओखलढुंगा ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर २१, ओखलढुंगा । 

2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

सिद्धिचरण नगरपालिकामा चञ्चल


मङ्सिर २१, ओखलढुंगा । ओेखलढुंगाको सिद्धिचरण नगरपालिकामा करिब ४ महिना पछि कार्यकारी अधिकृतको आगमन भएको छ । तत्कालिन नगर अधिकृत राजन घिमिरे अध्ययनका लागि जापान गएपछि साउन मसान्त देखि रिक्त रहेको अधिकृत पदमा चञ्चल कुमार खड्का आउनु भएको हो । 

मन्त्रालयले करिब ४ महिना सम्म सिद्धिचरण नगरपालिकामा अधिकृत नपठाउँदा कार्यालयको दैनिक कामकाज र विकास निर्माणको काम प्रभावित भएको थियो । नयाँ नगर अधिकृत आएसँगै रोकिएका कामहरु सुरु भएका सिद्धिचरण नगरपालिकाको कार्यालयले जनाएको छ । यसैबिच बुधबारबाट नगर अधिकृतको जिम्मेवारी सम्हाल्नु भएका खड्काले सिद्धिचरण नगरपालिकालाई सम्बृद्ध बनाउन लागि पर्ने प्रतिवद्धता जनाउनु भएको छ । विहिबार भएको भेटघाट तथा स्वागत कार्यक्रममा कार्यकारी अधिकृत खड्काले सबैको साथ र सहयोग पाएमा नगरपालिकामा आफ्नो कार्यकालमा निकै उपलब्धीमुलक कामहरु गर्ने बताउनु भएको हो ।

कार्यक्रममा दलका नेता सहितका सरोकारवालाहरुले सिद्धिचरण नगरपालिका स्थापना भएको लामो समय भईसके पनि नगरपालिकाबाट अपेक्षीत काम हुन नसकेको भन्दै जिम्मेवार भएर उपलब्धीमुलक काम गर्न नगर अधिकृत खड्कालाई आग्रह गरेका छन् । विकास र रुपान्तरणमा जस्तो सुकै सहयोग गर्न तयार रहेको दलका नेताहरुले बताएका थिए । नगर भित्रका सामान्य काम समेत गर्न नसकेको भन्दै सिद्धिचरण नगरपालिकाको आलोचना हुने गरेको भिजन नेपाल ओखलढुंगा साप्ताहिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई