दान बहादुर बुढा | मङ्सिर २१, मुगु | मुगुको कार्कीबाडा गाविसको कालापाल्त गाउँमा सिचाई कुल निर्माण भएपछि स्थानीय तरकारी ब्यवसायी खुसि भएका छन् ।  गरिबी निबारण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | मङ्सिर २१, मुगु | मुगुको कार्कीबाडा गाविसको कालापाल्त गाउँमा सिचाई कुल निर्माण भएपछि स्थानीय तरकारी ब्यवसायी खुसि भएका छन् ।  गरिबी निबारण"/>
2026-09-08 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोषले सिंचाई कुलो बनाईदिएपछि तरकारी ब्यवसायी खुसी

दान बहादुर बुढा | मङ्सिर २१, मुगु | मुगुको कार्कीबाडा गाविसको कालापाल्त गाउँमा सिचाई कुल निर्माण भएपछि स्थानीय तरकारी ब्यवसायी खुसि भएका छन् ।  गरिबी निबारण कोषको आर्थिक सहयोग र जनकल्याणको सामाजिक परिचालनमा सिचाई कुलो बनेको हो ।

कोषको १९ लाख आर्थिक सहयोगमा निर्माण गरिएको उक्त कुलो करिव २० रोपनी खेतीयोग्य जमिन र तरकारीबारीको लागि प्रयोग गरिने भएको छ । कुलोले गर्दा धान तरकारी उत्पादनमा टेवा पुग्ने भएको छ । उक्त सिचाई कुलोबाट कार्कीबाडा गाविसका करिव ३ सय परिवार लाभान्वित हुने गएका छन् । कुलो नहुँदा बांझिदै गएको कालापाल्त गाउँको जमिन अब पानीले उर्भरा बन्ने आशा गरेका छन् । सदरमुकाम भन्दा डेढ घण्टा टाढा रहेको कालापाल्तमा अन्नबाली भन्दा बिषेश गरि बन्दा, काउली, लसुन, प्याज, आजु, रायो, धनिया लगायत मौसमी तथा बेमौसमी तरकारी बढी उत्पादन हुने गरेको छ । 

हाम्रो आबश्यकता अनुशार कोषले सिचाई कुलो निर्माण गरि दिएपछि निकै खुशी भएको समुहकी अध्यक्ष तिउखुरी रावलले भनिन् ‘अब अनाज देखि तराकारी फलाउन सिचाई गर्न पाइने भयो’ । 

कालापाल्त गाउँका महिलाहरुको माग अनुशार कुलो बनेको कोषले जानकारी गराएको छ । कुलो निर्माणको लागि महिला समुह गठन गरि योजना स्वीकृत गरिएको कोष कार्यप्रबन्धक किर्ती खाताले बताए । 

कोषको दोश्रो चरण कार्यक्रम लागु भए लगत्तै कालापाल्तमा सिचाई कुलो बनेको छ । पहिलो चरणमा जिल्लामा कोषका ५ वटा साझेदारी संस्था रहेको दोश्रो चरणमा ३ वटा मात्र साझेदारी संस्था छनौट भएका छन् । लगानी अनुशार राम्रो प्रगति होस भन्ने हिसावले समुदायमा सिचाई कुलो निर्माण गरेको जनकल्याण संस्थाका अध्यक्ष पदमबहादुर रावलले बताए । अनुगमनमा जोड दिइएको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल