मोहम्मद ईजहार शेष | मंसिर २२, परासी । नवलपरासीको सिमावर्ति गाविस ठुलो खैरटवांमा सञ्चालित जन्मदर्ता सम्बन्धि घरदैलो अभियान निकै प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | मंसिर २२, परासी । नवलपरासीको सिमावर्ति गाविस ठुलो खैरटवांमा सञ्चालित जन्मदर्ता सम्बन्धि घरदैलो अभियान निकै प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन"/>
2026-09-19 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको जन्मदर्ता सम्बन्धि घरदैलो अभियान निकै प्रभावकारी

मोहम्मद ईजहार शेष | मंसिर २२, परासी । नवलपरासीको सिमावर्ति गाविस ठुलो खैरटवांमा सञ्चालित जन्मदर्ता सम्बन्धि घरदैलो अभियान निकै प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन् । गाविस स्तरीय बाल क्लब ठुलो खैरटवां बाल सञ्जाल नेटवर्कको आयोजना तथा ठुलो खैरटवां गाविस कार्यालयको सहयोगमा सञ्चालन गरीएको उक्त अभियान मंसिर १० गतेवाट सुरु भएको थियो ।

बाल बालिकाको विदा भएको दिनलाई मध्यनजर गर्दै सञ्चालन गरिएको सो अभियानको अवधिमा  १ सय ५० जनालाईल घरमै गई जन्मदर्ता बनाइएको गाविस सचिव जिवन पौडेलले जानकारी दिनुभयो । जिल्लाको सिमावर्ति क्षेत्र भएको सो गाविसमा जन्मदर्ता सम्बन्धि सर्वसाधरणमा पर्याप्त जनचेतना नभएकाले उक्त अभियान सञ्चालन गरिएको सचिव पौडेलले बताउनु भयो । सो अभियानमा २० वर्ष पुगिसकेको तर जन्मदर्ता नलिएकाहरु पनि पाईएको र उनिहरुलाई घरमै गई जन्मदर्ता बनाईएको गाविसले जनाएको छ । सो क्षेत्रका कत्तिपयले नागरिकता बनाउने समयमा जन्मदर्ताको आवश्यक्ता मुहशुस गर्दै समेत जन्मदर्ता लिन जाने गरेका छन् । जन्मदर्ता सम्बन्धि घरदैलो अभियान अन्तर्गत गाविसको ठुलो खैरटवा वडा नम्बर २ र ३ खोकरपुरामा सबैभन्दा बढि जन्मदर्ता वितरण गरिएको ठुलो खैरटवा बाल सञ्जालका अध्यक्ष महेन्द्रू पाशीले बताउनु भयो ।

जनचेतनाको कमि भएकाले कत्तिपय परिवारहरुले विवाहदार्त नबनाई नै छोराछोरीको जन्मदर्ता बनाउन आउने गरेकाले उनिहरुको पहिला विवाहदर्ता बनाई जन्मदर्ता बनाउने गरिएको गाविस सचिव जिवन पौडेलले बताउनु भयो । समयमा जन्मदर्र्ता बनाउनाले विभिन्न गाविसको योजना प्रभावकारी हुने र राष्ट्रिय जनगणनामा पनि सत्यतथ्य डाटा उपल्बध हुने भएकाले विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउन मद्यत समेत पुग्दछ् । जन्मदर्ता सम्बन्धि घरदैलो अभियान निशुल्क रहेको र समयमै जन्मदर्ता बनाउनुका फाईदाका बारेमा सर्वसाधरणलाई जानकारी समेत गराईएको गाविस सचिव पौडेलले बताउनु भयो । अभियानमा गाविस सचिव , बाल सञ्जालका पदाधिकारी , सम्बन्धि वडाका राजनितिक पार्टि प्रतिनिधि लगायतका सरोकारवालाहरुको उपस्थित हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह