मंसिर २३ पर्वत । जिल्लामा रहेको एक विद्यालयका ४० जना विद्यार्थीलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २३ पर्वत । जिल्लामा रहेको एक विद्यालयका ४० जना विद्यार्थीलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको "/>
२०८३, ९ जेष्ठ शनिबार
पर्बत - PBT

४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

२०७३, २३ मंसिर बिहीबार ०५:२९

मंसिर २३ पर्वत । जिल्लामा रहेको एक विद्यालयका ४० जना विद्यार्थीलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ । कुश्मा नगरपालिका ९ अर्मादीमा रहेको अर्मादी प्रथामिक विद्यालयमा कुनपा ९ का भगवानप्रसाद श्रेष्ठकी धर्मपत्नी राममाया श्रेष्ठले उक्त न्यानो कपडा वितरण गरेकी हुन् ।बुधबार एक कार्यक्रमको आयोजना गरी उनले करिब १६ हजार बराबरको उक्त न्यानो कपडा वितरण गरेकी हुन् । 

आर्मादी प्राविमा आफ्नो साइली बहिनी धनमाया जोशीले अध्यापन गराउने र उनैकै माध्यमबाट त्यहाँका दलित बालबालिकाको अवस्थाको बारेमा जानकारी पाएको हुनाले आफुलाई सहयोाग गर्न मन लागेको श्रेष्ठले बताइन् ।

उक्त विद्यालयमा अध्ययन गर्न दलित सम्ुदायका विद्यार्थीहरुको अबस्था कमजोर रहेको देखे, जाडोको बेलामा केहि भएपनि राहत हुन्छ कि भन्ने सोचका साथ मैले सहयोग गरेकी हुँ उनले भनिन् ।  आफ्नो बाजेको जन्मथलो भएको कारणले पनि त्यहाँको विद्यालयलाई सहयोग गर्ने मन जागेको उनले बताइन् । आगामी बर्षमा पनि आफुले सक्दो  यस्तै सहयोग अन्य विद्यालयलाई पनि गर्ने र गर्दै जाने आफ्नो सोच रहेको उनले भनिन् । उनी जिल्लामा रहेको लायन्स कुश्मा सिटि, धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लगायतका अन्य संस्थामा समेत लागेर सामाजिक कार्यमा जुटेकी छिन् ।

विद्यालयका प्रधानाध्यापक जगदीशराज शर्माले श्रेष्ठले पुण्य काम गरेको बताए । दलित बालबालिकाको संख्या बढी रहेको अर्मादी विद्यालयका बालबालिकाको पीडालाई आफ्नो पीडा बोध गरी उनीहरुको लागि केहि हदमा जाडोको लागि न्यानो कपडाको जोहो गरी पुण्य काम गरेको भन्दै  आगामी दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा विद्यालयले गरेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमनाथ आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका राधा कुमारी क्षेत्रीले  गरेकी थिइन भने कार्यक्रमको संचालन शिक्षक महेन्द्र कुमार जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित