सम्राट सिंह | मङ्सिर २३, बझाङ | लैङ्गिक हिंसा विरुद्घको १६ दिने अभियानलाई पनि बझाङका महिलाहरुले राजनितिक रुप दिइरहेका छन ।

आज लैङ्गिक हिंसा विरुद्घको १३ औँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | मङ्सिर २३, बझाङ | लैङ्गिक हिंसा विरुद्घको १६ दिने अभियानलाई पनि बझाङका महिलाहरुले राजनितिक रुप दिइरहेका छन ।

आज लैङ्गिक हिंसा विरुद्घको १३ औँ"/>

2026-07-10 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

अभियानलाई पनि राजनितिक रुप दिदै बझाङका महिला

सम्राट सिंह | मङ्सिर २३, बझाङ | लैङ्गिक हिंसा विरुद्घको १६ दिने अभियानलाई पनि बझाङका महिलाहरुले राजनितिक रुप दिइरहेका छन ।

आज लैङ्गिक हिंसा विरुद्घको १३ औँ दिन चलिरहँदा सदरमुकाम चैनपुरमा नेपाली काँग्रेस निकट महिला संघ र नेकपा एमाले निकट अखिल महिला संघले छुट्टा–छुट्टै  अभियान संञ्चालन गरेका हुन । 

घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङ्गिक हिंसा मुक्त समाज भन्ने मुल नाराका साथ जिल्लामा संञ्चालन भएको अभियानलाई सबै महिला मिलेर संञ्चालन गर्नुको साँटो पार्टी निकट महिलाहरुका भिन्न भिन्नै कार्यक्रम संञ्चालन गर्नुले जिल्लामा हिंसा पिडित महिलाका लागि नभई पार्टीका लागि कार्यक्रम गरेको सहजै अनुमान गर्न सकिन्थ्यो ।

लैङ्गिक हिंसा विरुद्घको एक अभियानलाई महिला संघ बझाङकी अध्यक्ष शान्ति बोहरा ( पुजारा) ले नेतृत्व गरेको थियो भने नेकपा एमाले निकट अखिल महिला संघको नेतृत्व बिष्ना नेपालीले गरेको थियो ।

सबै महिला मिलेर लैङ्गिक हिंसा विरुद्घको अभियान संञ्चालन गरौँ भनेर पटक पटक आग्रह गरेका थियौँ महिला संघकि जिल्ला अध्यक्ष बोहराले भनिन् नेकपा एमाले निकट अखिल महिला संघले नमानेपछि छुट्टा छुट्टै कार्यक्रम संञ्चालन गरेको हो ।

हिंसा पिडित महिलाहरुका आवाज सबैले उठाउनु पर्ने ठाउँमा महिलाहरु नै यसरी पार्टीको जस्तो  छुट्टा छुट्टै कार्यक्रम गरेपछि पिडित महिलाहरुमा भने निराशा छाएको छ ।

यता अखिल नेपाल महिला संघको नेतृत्व गरिरहेकी बिस्ना नेपालीले काँग्रेस निकट महिला संघ आवद्घ महिलाहरुले नै सँगै कार्यक्रम गर्न नमानेपछि बेग्ला बेग्लै कार्यक्रम गरेको बताइन् ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो