पढ्न करिब 2 मिनेट लाग्छ

दिपक अनुरागी | मंसिर २४,कपिलवस्तु | आठौ कपिलवस्तु महोत्सवको तेस्रो दिन चली रहदा महोत्सव थप रोचक बन्दै गएको छ । कपिलवस्तु जिल्लाको चार नम्बर जितपुरमा मंसिर २२ बाट सुरु भएको महोत्स थप रोचक बन्दै गएको हो । महोत्सवको तेस्रो दिन आठ हजार दर्शकले अवलोकन गरेको र करिव ३५ लाख बराबरको कारोबार भएको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष यज्ञ प्रसाद भट्राइले जानकारी दिनुभयो ।

आज लोक गायक मिलन लामा, हरिमाया रायमाझी हास्य कलाकार राजा राजेन्द्रको प्रस्तुती रहेको सघंका महासचिव छवि रेश्मी मगरले जानकारी दिनुभएको छ । भोली शनिबार लोक तथा दोहोरी गायक पशुपति शर्मा, देबि घर्ति मगर र कार्टुन क्रीयुज ग्रुपको बजोड प्रस्तुती रहेको सास्कृतिक संयोजक शंकर प्रसाद न्यौपानले जानकारी दिनुभयो ।

यसैबिच छैठौ कपिलवस्तु डान्स आइडल महोत्सवको मुख्य रोचक प्रस्तुती बन्दै गएको छ । कपिलवस्तु जिल्लाका बिभिन्न स्थानबाट सहभागी ८० जना प्रतिस्पर्धी मध्य १७ जनाले महोत्सवको दोस्रो दिनबाट प्रतिस्पर्धा गर्न थालेका थिए । जस अन्र्तगत दोस्रो ३ जना र तेस्रो दिन २ जना प्रतिस्पर्धी बाहिरिएका छन् ।

दोस्रो दिन निर्णायक र तेस्रो दिन मतदानका आधारमा २ जना प्रतिस्पधी बाहिरिएका छन । तेस्रो दिन सानु परियार र अम्बिका नेपाली बाहिरीएका छन । प्रतिस्पधीलाई फेसबुकबाट पनि भोट हाल्ने ब्यवस्था मिलाइएको डान्स आइडल संयोजक राजेन्द्र गिरिले जानकारी दिनुभयो ।

फेसबुकको सय लाइकलाई २० भोट मानीने निर्णायक हरिशरण रिजालले बताउनुभयो । महोत्सवमा अव १२ जना प्रतिस्पर्धी बाकी रहेको अर्का निर्णायक दिपक एम सिंहले जानकारी दिनुभयो ।