३ मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरको फिदिममा राप्रपा नेपालको जिल्ला स्तरीय एकता भेला सम्पन्न

२४ मंसिर २०७३, शुक्रबार १३:१०

मंसिर २४, पाँचथर | राप्रपा नेपाल र राप्रपा पाटी जिल्ला स्तरीय एकता भेला पाँचथरको फिदिममा आज सम्पन्न भएको छ । 

भेलालाई सम्वोधन गर्दे केन्द्रिय पर्यवेक्षक तथा राप्रपा केन्द्रिय सदस्य चतुरमान विश्वकर्माले केन्द्र पाटी एक भइसकेकोले अव जिल्ला जिल्लामा पाटीलाई एकीकरण गरी निर्णायक शक्तिको रुपमा स्थापित गर्नुपर्ने वताउनुभएको छ । 

यस्तै राप्रपा नेपालका केन्द्रिय सदस्य अमिर मादेनले पाटी मात्रै एक भएर नहुने भन्दै गाउँ गाउँमा संगठन विस्तारका लागि जुट्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा वोल्दै राप्रपा नेपालका केन्द्रिय सदस्य तेज कुमार कुरुम्बाङले हिन्दू राज्य र राजसंस्थाको मुद्धालाई पाटी एकीकरण भएपनि छोड्न नहुने वताउनुभयो ।

 राप्रपा र राप्रपा नेपाल एकीकरण भइसकेकोले अव पाटीलाई दर्विलो र निर्णायक शक्तिको रुपमा उभ्याउन सवै नेता कार्याकर्ता लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य सगुन सुन्दर लावतीले पाटी एकीकरण भइसकेकोले अव गाउँ गाउँमा संगठन निर्माणमा जुट्नुपर्ने वताउनुभयो । 

कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्य छविरमण सुवेदी,राप्रपाका केन्द्रिय सदस्य मानवहादुर जवेगु,राप्रपाका केन्द्रिय सदस्य नरेशभक्त चाम्लिङ,राप्रपा नेपालका पूर्व अध्यक्ष कृष्ण प्रसाद योङया लगायतले सभालाई सम्वोधन गर्नुभएको थियो । यस्तै जिल्लामा राप्रपाको अध्यक्षको भने दुवै समूहबाट दावी गरेका छन् ।

 राप्रपा नेपालका पाँचथर जिल्ला अध्यक्ष घलेन्द्र कुरुम्बाङ र राप्रपा अध्यक्ष मानदेव केरुङ दुवैले अध्यक्षको दावी गरेपछि पाटीका नेता कार्यकर्ता सर्वसम्मत अध्यक्ष लगायत नयाँ कार्यसमिती चयनका लागि सहमति जुटाउन लागि परेको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने उप–निर्वाचन: आज उमेदवारको विरोधमा उजुरी दिन सकिने दुईवटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् कार्यसूची युइएफए नेसन्स लिगमा इंग्ल्याण्डको ५–० गोलको फराकिलो जित मन्त्रिपरिषदको बैठक आज बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानोगौचरणमा श्रद्धाञ्जलीका लागि राखिँदै आजको मौसमः देशका अधिकांश भूभागको मौसम सफा रहने राष्ट्रपति पौडेल समक्ष चार देशका राजदूतले लिए शपथ रास्वपाले मंसिर ८ गतेदेखि देशब्यापी आन्दोलन गर्ने तनहुँमा बस दुर्घटना हुँदा २९ जना घाइते राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा के छ ? बिराटनगर किङ्ग्सको ब्राण्ड एम्बेसडर बने दयाहाङ राई रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्ध मानवअधिकार आयोगमा उजुरी रास्वपाको दाबी- सहकारीबाट अपचलन भएको ८८ अर्ब मकै पोल्ने र जुत्ता पालिस गर्नेको होईन, राजनीतिक भ्रष्टाचारीको हो इजरायली प्रधानमन्त्री नेतन्याहुको घरमा फेरि आक्रमण रवि लामिछानेविरुद्ध फेरि पक्राउ पुर्जी जारी ‘कर्मा’मा उपासना र मुकुन भुषाल अनुबन्धित ‘पुष्पा २’ ट्रेलर आज सार्वजनिक हुँदै: कहाँ र कति बजे हेर्न सकिन्छ? नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल