2026-09-19 01:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

नेपाली सेनाबाट फलामे पुल निर्माण

मङ्सिर २६, रसुवा । नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्ने स्याफ्रुबेँसी–मैलुङ राजमार्ग निर्माणको कार्य दु्रत रूपमा अगाडि बढाउन उपकरण ढुवानीका लागि फलामे पुल (बेलिब्रिज) निर्माण भएको छ । 

नेपाली सेना स्याफ्रुबेँसी–मैलुङ सडक निर्माण कार्य दलका प्रमुख प्राविधिक सेनानी सञ्जय केसीका अनुसार हाकु गाविसको वडा नं ९ र राम्चे गाविस–१ बीच मैलुङ दोभानको त्रिशूली नदीमा फलामे पुल निर्माण गरिएको हो । 

सामान ढुवानीका लागि २४ टन भारबहन क्षमताको १२० फिट लामो सो पुलले सडक निर्माणमा चाहिने उपकरणलगायत सबै प्रकारका निर्माण सामग्री निर्माणस्थलमा लैजान सहज भएको र केही समयपछि सोही आसपासमा अर्को पक्की पुल निमाण भएपछि सो पुल झिकिने कार्यदलले जनाएको छ । 

सरकारको निर्देशन बमोजिम डेढ वर्षभित्र १७ किमी डबल लेनको (सडक) राजमार्ग निर्माणको काम दु्रत रूपमा अगाडि बढिरहेको र हालसम्म लगभग चार हजार मिटरमा ट्र्याक खुली दुई किमी सडक डबल बनाउने कार्य सम्पन्न भइसकेको बताइएको छ । 

कडा चट्टानले पैदलसमेत हिँड्न सम्भव नभएको भौगोलिक विकट क्षेत्रमा राष्ट्रिय गौरवको सडक निर्माणमा नेपाली सेनाले गरेको कार्य गुणस्तर तवरले अगाडि बढेको देखिएको बताउँदै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले विगतमा त्रिशूलीदेखि सोम्दाङसम्मको १०५ किमी सडक नेपाली सेनाले निर्माण गरेको बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई