राम्जादेउरालीमा रहेको पशुपती उच्च माविमा दाताहरुको सहयोगमा पुर्ननिर्माणको कार्य शु्रु गरिएको हो ।"/>
राम्जादेउरालीमा रहेको पशुपती उच्च माविमा दाताहरुको सहयोगमा पुर्ननिर्माणको कार्य शु्रु गरिएको हो ।"/>
मंसिर २६ पर्वत । गत वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको जिल्लाको एक विद्यालयको पुनःनिर्माण कार्य शुरु गरिएको छ ।
राम्जादेउरालीमा रहेको पशुपती उच्च माविमा दाताहरुको सहयोगमा पुर्ननिर्माणको कार्य शु्रु गरिएको हो ।
भूकम्पले विद्यालयका १६ वटा कक्षाकोठामा पूर्णरुपले क्षति भएपछि पालको भरमा कक्षा संचालन हुदै आएको उक्त विद्यालयमा जिल्ला शिक्षा कार्यालय पर्वत र तीन वटा सहयोग संस्थाको सहयोगमा पुनः निर्माणको कार्य शुरु गरिएको विद्यालयका प्रचार्य गोविन्द जानकारी दिए ।
जिल्ला शिक्षा कार्यालय पर्वतको रु ४८ लाख, केयर फर नेपाल नामक संस्थाको रु ४९ लाख, तिनचुली नेपाल संस्थाको रु ३५ लाख र युनिसेफको रु ३५ लाख तथा विद्यालयको रु दुई लाख गरी रु एक करोड ७० लाखको लागतमा १० कोठे भुकम्प प्रतिरोधी भवनको निर्माण कार्य शुरु गरिएको उनले बताए ।
जिल्ला शिक्षा कार्यालय र दाताहरुको सहयोगमा विद्यालयमा १० कोठे भवन निर्माण कार्यको थलानी भएको प्रचार्य शर्माले बताए । उक्त भवन आगामी एकबर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गरिएको विद्यालयले जनाएको छ । यसबाहेक भूपू विद्यार्थीले भूकम्पपछिको तत्काललाई अस्थायी टहरा निर्माण गर्न तथा फर्निचर व्यवस्थापन र अन्य भौतिक पूर्वाधार निर्माण गर्नका लागि रु ४२ लाख सङ्कलन गरेका छन् । पूर्णरुपमा क्षति भएको विद्यालयमा अहिले अस्थायी टहरा तथा बाँकी रहेका भवनलाई सामान्य मर्मत गरेर पठनपाठन सञ्चालन गरिदै आइरहेको विद्यालयले जनाएको छ ।
कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले ५५० विद्यार्थी अध्ययनरत रहेका छन् । उच्च माविमा मात्रै ९५ जना विद्यार्थी रहेका छन् । झन्डै छ दशकअघि बनेका भवन जीर्ण र गुणस्तरीय रुपमा निर्माण नगरिएका कारण पनि भत्किएका हुन् । पर्वतका झन्डै एक दर्जन विद्यालय भूकम्पबाट पूर्णरुपमा क्षति भएको भए पनि आर्थिक अभावका कारण अन्य विद्यालय भने पुनःनिर्माण तथा मर्मत हुन सकेका छैनन् । अधिकांश विद्यालयका विद्यार्थी अहिले पनि जोखिमपूर्ण अवस्थामा पढ्न बाध्य भएका छन् । भने कतिपय विद्यालयमा अझै पनि पालको भरमा विद्यालय संचालन गर्नुपर्ने बाध्यता छ ।