ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ब"/>

८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोट समाज जापानले नयाँ बर्षमा जापानमा बृहत् संगितिक कार्यक्रम गर्दै

२७ मंसिर २०७३, सोमबार ०४:४३

भिम श्रीस, मंसिर २७, ओसाका (जापान) । गलकोट समाज जापानले अंगे्रजी नयाँ बर्ष २०१७ को अवसरमा जापानको तिन मुख्य शहरमा विशेष सांगितिक कार्यक्रम गर्दैछ । 

बागलुङको गलकोट क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, अतिविकट तथा दुर्गम तथा भुकम्प प्रभावित ठाउँमा विद्यालय भवन निर्माणमा सहयोग लगायत समाजिक कार्य गर्ने मुख्य उदेश्य सहित कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमममा सहयोगदाता तथा टिकट बेचेर जुट्ने रकमले समाजिक काम गर्ने लक्ष्य राखिएको छ । गलकोट समाज जापान बागलुङको गलकोट क्षेत्रबाट रोजगरी तथा अध्ययनको शिलशिलमा जापानमा रहेका नेपालीहरुको साझा संस्था हो । 

मनोरञ्जनसँगै सामाजिक समृद्धिलाई अघि बढाउने उदेश्य राखेर हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी समृद्धि बनाउँ भन्ने नारासहित बृहत सांगितिक कार्यक्रम आयोजना गरिएको गलकोट समाज जापानका महासचिव सम्मर बस्न्यातले जानकारी दिनुभयो ।  

नयाँ बर्षलाई खुसियाली पुर्वक विशेष सांगितिक कार्यक्रम गरेर नेपाली समुदाय तथा गलकोटेको विचमा मनाउने तथा स्वागत गरिने उहाँको भनाई छ ।  

गलकोट समाज जापाले सन् २०१६ को नयाँ बर्षमा पनि सांगितिक कार्यक्रम गरि भएको आम्दानीबाट गलकोट लगायत विभिन्न क्षेत्रमा सामाजिक विकासको काम गरेको थियो । गलकोट समाज जापाले गलकोटका विद्यालयहरुलाई आर्थिक सहयोग, गलकोट प्रथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई एम्बुलेन्स सहयोग, बृहत स्वास्थ्य शिविर जस्ता सामाजिक काम गर्दै आएको छ । 

चर्चित कलाकारहरु शिव परियार देवि घर्ती, वसन्त थापा, विष्णु खत्री, कमल गाउँले, प्रगतिशिल गायक जीवन शर्मा, मुना थापा मगरको प्रश्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा पत्रकार नारायण शर्माको पनि उपस्थिती रहने छ ।  

डिसेम्बर ३१ म नागोया, जनवरी १ मा ओसाका र जनवरी २ तारिखमा राजधानी टोकियोमा कार्यक्रम हुने बरिष्ठ उपाध्यक्ष भिम केसीले जानकारी दिनुभयो ।  कार्यक्रममा नेपालीको मौलिक पहिचान नौमती बाजाको पनि प्रश्तुति रहने छ । 

नयाँ बर्षको अवसरमा गैरआवासियन नेपाली संघ एनआरएन जापानले पनि ओसाका सहमा छुट्टै सांगितिक कार्यक्रम आयोजना गरेको छ । 

ओसाकाको कार्यक्रममा चर्चित कालाकार कोमाल ओली, राजु परियार, ज्योती काफ्ले लगायतको सांगितिक प्रश्तुती रहने एनआरएन जापानका केन्द्रिय सदस्य डिलाराम सापकोटाले जानकारी दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध