ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ब"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोट समाज जापनले नयाँ बर्षमा जापानमा बृहत् संगितिक कार्यक्रम गर्दै

२७ मंसिर २०७३, सोमबार ०५:०२

भिम श्रीस, मंसिर २७, ओसाका (जापान) । गलकोट समाज जापानले अंगे्रजी नयाँ बर्ष २०१७ को अवसरमा जापानको तिन मुख्य शहरमा विशेष सांगितिक कार्यक्रम गर्दैछ । 

बागलुङको गलकोट क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, अतिविकट तथा दुर्गम तथा भुकम्प प्रभावित ठाउँमा विद्यालय भवन निर्माणमा सहयोग लगायत समाजिक कार्य गर्ने मुख्य उदेश्य सहित कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमममा सहयोगदाता तथा टिकट बेचेर जुट्ने रकमले समाजिक काम गर्ने लक्ष्य राखिएको छ । गलकोट समाज जापान बागलुङको गलकोट क्षेत्रबाट रोजगरी तथा अध्ययनको शिलशिलमा जापानमा रहेका नेपालीहरुको साझा संस्था हो । 

मनोरञ्जनसँगै सामाजिक समृद्धिलाई अघि बढाउने उदेश्य राखेर हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी समृद्धि बनाउँ भन्ने नारासहित बृहत सांगितिक कार्यक्रम आयोजना गरिएको गलकोट समाज जापानका महासचिव सम्मर बस्न्यातले जानकारी दिनुभयो ।  

नयाँ बर्षलाई खुसियाली पुर्वक विशेष सांगितिक कार्यक्रम गरेर नेपाली समुदाय तथा गलकोटेको विचमा मनाउने तथा स्वागत गरिने उहाँको भनाई छ ।  

गलकोट समाज जापाले सन् २०१६ को नयाँ बर्षमा पनि सांगितिक कार्यक्रम गरि भएको आम्दानीबाट गलकोट लगायत विभिन्न क्षेत्रमा सामाजिक विकासको काम गरेको थियो । गलकोट समाज जापाले गलकोटका विद्यालयहरुलाई आर्थिक सहयोग, गलकोट प्रथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई एम्बुलेन्स सहयोग, बृहत स्वास्थ्य शिविर जस्ता सामाजिक काम गर्दै आएको छ । 

चर्चित कलाकारहरु शिव परियार देवि घर्ती, वसन्त थापा, कमल गाउँलेको प्रश्तुति रहने आयोजकले जनाएको छ । डिसेम्बर ३१ म नागोया, जनवरी १ मा ओसाका र जनवरी २ तारिखमा राजधानी टोकियोमा कार्यक्रम हुने बरिष्ठ उपाध्यक्ष भिम केसीले जानकारी दिनुभयो ।  नयाँ बर्षको अवसरमा गैरआवासियन नेपाली संघ एनआरएन जापानले पनि ओसाका सहमा छुट्टै सांगितिक कार्यक्रम आयोजना गरेको छ । 

ओसाकाको कार्यक्रममा चर्चित कालाकार कोमाल ओली, राजु परियार, ज्योती काफ्ले लगायतको सांगितिक प्रश्तुती रहने एनआरएन जापानका केन्द्रिय सदस्य डिलाराम सापकोटाले जानकारी दिनुभएको छ । 

त्यस्तै एकाता समाज जापनले पनि टोकियो र ओसाकामा सांगितक कार्यक्रम गर्दैछ ।।  प्रगतिशिल गायक जीवन शर्मा, विष्णु खत्री र मुना थापा मगरले सांगितिक प्रश्तुति दिनेछन् । कार्यक्रममा नेपालीको मौलिक पहिचान नौमती बाजाको पनि प्रश्तुति रहने छ । कार्यक्रममा पत्रकार नारायण शर्माको पनि उपस्थिती रहने आयोजकले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो