2026-09-08 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सदरमुकाममा गमगढीमा ५ सार्वजनिक शौचालय निमार्ण गरिने

नन्द बहादुर रोकाया, मंसिर २७, मुग । मुगु सदरमुकाम गमगढीमा ५ सार्वजनिक शौचालय बन्ने भएका छन । जिल्ला स्तरको बैठकको निर्णयले जिल्लाका बिभिन्न ५ वटा ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय समेत गरेको हो । छलफलमा सरोकारवाला निकायहरुको बिचमा जिल्ला सदरमुकामको महाकाली नमुना उच्च माध्यामिक बिद्यालय नजिक, नेपाल खाद्य संस्थान नजिक, जिल्ला प्राविधिक कार्यालय नजिक, जिल्ला वन कार्यालयको जग्गामा र जिल्ला हुलाक कार्यालय नजिक गरि ५ वटा सार्वजनिक शौचालयको निर्माण गर्ने निर्णय पनी भएको  जनाईएको छ ।

यसै बिच जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीको बैठकले जिल्लालाई आगामी फाल्गुन २८ गते खुल्ला दिशा मुक्क्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । स्थानिय बिकास अधिकारी तथा समितीका संयोजक बिजयराज पौडेलको संयोजकत्वमा आईतबार जिल्ला बिकास समितीमा बसेको बैठकल जिल्लाका सबै गाविसहरुमा पोष्ट ओडिएफका कार्यक्रम शुरु गर्ने निर्णय गरेको हो ।

यता जिल्लालाई फाल्गुन २८ गतेसम्म खुल्ला दिशा मुक्क्त जिल्ला घोषणा गर्नका लागी जिल्ला बिकास समिती मार्फत चर्पि नभएकाहरुका लागी चर्पि निर्माण नहुञ्जेल गाविसले प्रदान गर्ने सेवा रोक्का गर्नका लागी पत्राचार गर्ने निर्णय समेत भएको जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मुगुले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल