2026-10-15 05:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालिका समिक्षा आर्चायाको मृत्युको घटनाको छानविन हुने

नरजन तामाङ, मंसिर २७, सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतद्धरा आयोजित कर्णाली एक्सपो अन्तराष्ट्रिय व्यापार मेलाको उद्घाटनको दिन ¥यालीमा सहभागि भएकी १६ वर्षीया  बालिका समिक्षा आर्चायाको मृत्यु भएको घटनाको छानविन हुने भएको छ । पुनरावेदन बार इकाई सुर्खेतको पहलमा नागरिक समाज, अधिकारकर्मी, कानुन व्यावसायी र सञ्चारकर्मीको उपस्थितिमा  सोमवार बसेको बैठकले नागरिक स्तरबाट गठन गरेको छानविन समितिले घट्नाको छानविन गर्ने भएको हो । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतका जिल्ला प्रतिनिधी दुर्गा थापाको संयोजकत्वमा गठित समितिमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारती,जिल्ला बार इकाई सुर्खेतका अध्यक्ष नन्द भण्डारी,पुनरावेदन बार इकाईका कौशिला योगी,मानवअधिकार तथा एकल महिला समुहकी रामकुमारी थापा र सिविन नेपालका सुभेच्छा खडका रहेकी छन ।

समितिले सुर्खेत होराइजन एकेडमी कक्षा ९ मा अध्ययनरत  बालिका आचार्यको मृत्यु घट्नाको सत्य तथ्य पत्ता लगाई आवश्यक छानविनको लागि पहल गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने भएको छ ।  बालिका आचार्यको ¥यालीमा सहभागि हुदा बेहोस भए लगत्तै सुर्खेतमा उपचार हुन नसकि शिक्षण अस्पताल कोहलपुरमा लैजाने क्रममा बिहीवार मृत्यु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने