२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जब नवलपरासीमा राष्ट्रिय झण्डा फहराई मोहम्मद जन्मजयन्ति मनाएपछि..

२०७३, २७ मंसिर सोमबार १०:४३

मंसिर २७, परासी । नवलपरासीका मुस्लिम समुदायले राष्ट्रिय झण्डा फहराउदै १४४५ अ‍ैंै मोहम्मद जन्मज्यन्ति मनाएका छन् । जिल्लाको विभिन्न क्षेत्रका करिब २५ मदरसाहरुबाट आएका ¥यालीहरु सदरमुकाम परासीमा एकठ्ठा भई आफनो ईस्लामि झण्डा सहित नेपालको झण्डा पनि बोकी एक वृहद ¥याली निकालेका थिए । नेपाल प्रतिको माया देखाउदै मुस्लिम समुदायहरु आफनो ईस्लामिक झण्डा संगै नेपालको झण्डा पनि ¥यालीमा फहराएका थिए ।

सन् ५७१ को अर्थात आरबी पात्रो रबीउल औवल महिनाको १२ तारिखका दिन मुस्लिम समुदायका धर्म गुरु पैगम्बर मोहम्मद साहबको साउदी अरबको मक्का शरिफमा जन्म भएको थियो । ईस्लाम धर्मका संस्थापक धर्मगुरु पैगम्बर मोहम्मद साहबको जन्मको खुशीमा आज आरबीको १२ रबिउलऔवल तारिखमा विश्वभरिकै मुस्लिम समुदायहरु विभिन्न कार्यक्रम गरि मोहम्मद जन्मज्यन्ति मनाउने गरेका छन् ।

तन्जिमुल ओल्मा युनियन, हुसैनी युवा क्लब, ईस्लामिया मदरसा संघ, जिल्ला मदरसा समन्वय समिति र पिछडा वर्ग महासंघ नवलपरासीको संयुक्त अगुवाईमा विभिन्न मदरसा, मस्जिद र ईस्लामिक संगठनहरु सदरमुकाम परासीमा एक विशाल ¥याली निकाली भव्यताका साथ मोहम्मद जन्म ज्यन्ति मनाएका तन्जिमुल ओल्मा युनियनका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मियाँले बताए ।

मुस्लिम समुदायले, परासी हाट बजारबाट शुरु गरेको एक विशाल ¥याली, ईमीलीटोल, बुद्धचोक, लोकतान्त्रिक चोक, दुर्गाटोल हुदै पुनः हाट बजार स्थित कोणसभामा परिणत भएको थियो । आज सोमबार विहान प्रत्येक मदरसाहरुद्धारा विभिन्न नारा, प्लेकार्ड र राष्ट्रिय झण्डा सहित निकालिएका ¥यालीहरु आ–आफनो गाउँमा परिक्रमा गरि दिउसाँ परासी बजारमा जुटेका थिए । विभिन्न ठाउँबाट परासी जुटेका ¥यालीहरु एक बिशाल ¥यालीको रुपमा परिणत गरि विभिन्न ईस्लामि सन्देश दिदै परासी बजारको परिक्रमा गरिएकोे ईस्लामिया मदरसा संघ नवलपरासीका अध्यक्ष बुद्धन अलिले जानकारी दिए ।

आज मोहम्मद जन्म ज्यन्तिका दिन सबै मुस्लिम समुदायहरुले मोहम्मद साहबको जन्मको खुशीमा वृहद ¥याली निकाल्ने, नमाज, कुरान पढने, दानपुनः गर्ने शुभकामना आदान प्रदान गर्ने, र फातिहाँ मिलाद समेत गर्ने गरेका धर्मावलम्बी हाजी तैयब अलीले बताए । वर्षको एक पटक मात्र मनाउने यो मोहम्मद जन्मज्यन्ति मुस्लिम समुदायको महानपर्व मध्ये हो ।  सदियाेंदेखि नेपालमा मनाईदै आइएको यस दिनमा नेपाल सरकारले कुनै प्रकारको विदा तथा केहि सुविधाहरु नदिएको मुस्लिम समुदायहरुले गुनसो गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा