२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जब नवलपरासीमा राष्ट्रिय झण्डा फहराई मोहम्मद जन्मजयन्ति मनाएपछि..

२७ मंसिर २०७३, सोमबार १०:४३

मंसिर २७, परासी । नवलपरासीका मुस्लिम समुदायले राष्ट्रिय झण्डा फहराउदै १४४५ अ‍ैंै मोहम्मद जन्मज्यन्ति मनाएका छन् । जिल्लाको विभिन्न क्षेत्रका करिब २५ मदरसाहरुबाट आएका ¥यालीहरु सदरमुकाम परासीमा एकठ्ठा भई आफनो ईस्लामि झण्डा सहित नेपालको झण्डा पनि बोकी एक वृहद ¥याली निकालेका थिए । नेपाल प्रतिको माया देखाउदै मुस्लिम समुदायहरु आफनो ईस्लामिक झण्डा संगै नेपालको झण्डा पनि ¥यालीमा फहराएका थिए ।

सन् ५७१ को अर्थात आरबी पात्रो रबीउल औवल महिनाको १२ तारिखका दिन मुस्लिम समुदायका धर्म गुरु पैगम्बर मोहम्मद साहबको साउदी अरबको मक्का शरिफमा जन्म भएको थियो । ईस्लाम धर्मका संस्थापक धर्मगुरु पैगम्बर मोहम्मद साहबको जन्मको खुशीमा आज आरबीको १२ रबिउलऔवल तारिखमा विश्वभरिकै मुस्लिम समुदायहरु विभिन्न कार्यक्रम गरि मोहम्मद जन्मज्यन्ति मनाउने गरेका छन् ।

तन्जिमुल ओल्मा युनियन, हुसैनी युवा क्लब, ईस्लामिया मदरसा संघ, जिल्ला मदरसा समन्वय समिति र पिछडा वर्ग महासंघ नवलपरासीको संयुक्त अगुवाईमा विभिन्न मदरसा, मस्जिद र ईस्लामिक संगठनहरु सदरमुकाम परासीमा एक विशाल ¥याली निकाली भव्यताका साथ मोहम्मद जन्म ज्यन्ति मनाएका तन्जिमुल ओल्मा युनियनका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मियाँले बताए ।

मुस्लिम समुदायले, परासी हाट बजारबाट शुरु गरेको एक विशाल ¥याली, ईमीलीटोल, बुद्धचोक, लोकतान्त्रिक चोक, दुर्गाटोल हुदै पुनः हाट बजार स्थित कोणसभामा परिणत भएको थियो । आज सोमबार विहान प्रत्येक मदरसाहरुद्धारा विभिन्न नारा, प्लेकार्ड र राष्ट्रिय झण्डा सहित निकालिएका ¥यालीहरु आ–आफनो गाउँमा परिक्रमा गरि दिउसाँ परासी बजारमा जुटेका थिए । विभिन्न ठाउँबाट परासी जुटेका ¥यालीहरु एक बिशाल ¥यालीको रुपमा परिणत गरि विभिन्न ईस्लामि सन्देश दिदै परासी बजारको परिक्रमा गरिएकोे ईस्लामिया मदरसा संघ नवलपरासीका अध्यक्ष बुद्धन अलिले जानकारी दिए ।

आज मोहम्मद जन्म ज्यन्तिका दिन सबै मुस्लिम समुदायहरुले मोहम्मद साहबको जन्मको खुशीमा वृहद ¥याली निकाल्ने, नमाज, कुरान पढने, दानपुनः गर्ने शुभकामना आदान प्रदान गर्ने, र फातिहाँ मिलाद समेत गर्ने गरेका धर्मावलम्बी हाजी तैयब अलीले बताए । वर्षको एक पटक मात्र मनाउने यो मोहम्मद जन्मज्यन्ति मुस्लिम समुदायको महानपर्व मध्ये हो ।  सदियाेंदेखि नेपालमा मनाईदै आइएको यस दिनमा नेपाल सरकारले कुनै प्रकारको विदा तथा केहि सुविधाहरु नदिएको मुस्लिम समुदायहरुले गुनसो गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो