मंसिर २८, दार्चुला । दार्चुला जिल्लामा रहेका दुर्गम गाउँबस्ती खुल्ला दिशामुक्त भइसकेको बेला अपि नगरपालिकाको ११ नम्बर वडामा सरसफाइको अवस्था नाजुक रहेको छ । दार्चुला जिल्लाको सदरमुकाम क्षेत्र रहेको खलंगा बजारको बंगाबगड देखि घाँटबजार, तिङ्कर खेडा, देखि जिल्ला प्रहरीक कार्यालयसम्मको क्षेत्रमा रहेका झण्डै सय घरघुरीको सौचालयको सेफ्टी ट्याङ्की नभएको र सौचालयको पाइप महाकाली नदिमा फालिएकाले जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान प्रभावित भएको छ ।
दार्चुला जिल्लाको सरसफाई रणनीतिक कार्ययोजना अनुसार दार्चुला जिल्लालाई सन् २०१६ मा खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको भएपनि खलंगा बजारमा रहेका घरहरुमा सौचालय नबन्दा मिति सरेको छ ।
पछिल्लो सयम २०७३ फागुन मसन्त सम्म जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न मिति निर्धारण गरिएको छ । यसै विषमा अपि नगरपालिकाका कार्यकारी अधिकृत अम्मरराज खत्रीले वडा नम्बर ११ मा बस्ने सम्पुर्ण स्थानीयलाई सरसफाईको क्षेत्रमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।