११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

पुरुष नभएपछि छोरीले दिइन् आमालाई दागबत्ती

२८ मंसिर २०७३, मंगलवार ०४:४८

मंसिर २८, रोल्पा । ब्लड क्यान्सर भएर मृत्यु भएकी एक महिलालाई आफ्नै नाबालिका छोरीले दागबत्ती दिएकी छिन् । 

रोल्पा जिल्लाको रांकोट, भालुकोट घर भई हाल लिवाङमा बस्दै आएकी ३६ वर्षीया यमुना वलीलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि विभिन्न निकायमा सहयोगको याचना गर्दागर्दै गत आइतबार मृत्यु भएको थियो । 

श्रीमान् वैदेशिक रोजगारीमा साउदी अरबमा रहेका तथा छोरो ३ वर्षको मात्र रहेका कारण १३ वर्षीया छोरी कमला वलीले दागबत्ती दिएकी हुन् । धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्नसमेत नसकेपछि नेपाल महिला सङ्घ रोल्पाको पहलमा अन्त्येष्टिका लागि आवश्यक सामान उपलब्ध गराइएको नेपाल महिला सङ्घ, रोल्पाका अध्यक्ष पुष्पा श्रेष्ठले बताउनुभयो । 

मृतक वलीको संरक्षकत्वमा उनकै अपाङ्ग नन्द बस्दै आएकी थिइन् । “उनको मृत्युपछि नाबालक रहेका तीन छोराछोरी र नन्दको बिचल्ली भएकाले सहयोगका लागि विभिन्न दातालाई आग्रह गरेका छौँ”, श्रेष्ठले भन्नु भयो । 

लामो समय सम्पर्कमा नरहेका उनका श्रीमान् पछिल्लो पटक भने सम्पर्कमा आई छुट्टी मिलेपछि घर फर्कने बताएको पारिवारिक स्रोतले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु