विद्यार्थीले तालिममा सिके, बनाए र उडाए

मंसिर २९ पर्वत ।काठमाण्डौं ईन्जीनियरिङ्ग कलेजको सहकार्यमा पर्वतका नमुना आवासिय उच्च माबि, कालीगण्डकी एकेडेमी, आर्दश आवासिय माबि, गुरुकुल एकेडेमी र नारायण उच्च माबिका बिद्यार्थीहरुले पर्वतको आक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विद्यार्थीले तालिममा सिके, बनाए र उडाए

मंसिर २९ पर्वत ।काठमाण्डौं ईन्जीनियरिङ्ग कलेजको सहकार्यमा पर्वतका नमुना आवासिय उच्च माबि, कालीगण्डकी एकेडेमी, आर्दश आवासिय माबि, गुरुकुल एकेडेमी र नारायण उच्च माबिका बिद्यार्थीहरुले पर्वतको आक"/>

2026-07-10 02:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विद्यार्थीले तालिममा सिके, बनाए र उडाए

2016-12-14

विद्यार्थीले तालिममा सिके, बनाए र उडाए

मंसिर २९ पर्वत ।काठमाण्डौं ईन्जीनियरिङ्ग कलेजको सहकार्यमा पर्वतका नमुना आवासिय उच्च माबि, कालीगण्डकी एकेडेमी, आर्दश आवासिय माबि, गुरुकुल एकेडेमी र नारायण उच्च माबिका बिद्यार्थीहरुले पर्वतको आकाशमा ड्रोन क्यामरा उडाएका   छन् ।


बदलिदो बिश्व परिवेशलाई ध्यान दिँदै नेपालमा नयाँ प्रबिधीको बिकास गर्ने अभिप्रायले पर्वत सदरमुकाममा बिज्ञान बिषयका बिद्यार्थीहरुलाई फोकस गरि यो तालिम दिइएको नमुना आबासिय माबिका प्रिसिपल ईन्द्रमान खत्रीले बताए ।

तालिम दिन काठमाण्डौं देखि आएका काठमाण्डौं ईन्जीनियरिङ्ग कलेजका बिद्यार्थीहरुले यो बिषयमा उनीहरुलाई क्लास चलाएका थिए ।


काठमाण्डौं ईन्जीनियरिङ्ग कलेजका बिद्यार्थी सागर लामिछाने साझासवालकर्मी सँग भने हामीले बिश्बले बनाएका प्राबिधिक बस्तुहरु प्रयोग गरेका छौं तर तिनिहरु कसरी बनेका छन् भन्ने बारेमा क    जानकारी छैन त्यहि कारण हामीहरु परनिर्भर हुन परेको छ । त्यसतै पर्वत पाङ्ग घर भएका काठमाण्डौं     ईन्जीनियरिङ्ग कलेजका अर्का बिद्याथी तथा यो तालिम टिमका कोअडिनेटर माधब रिजालले अगाडी थपे यहाँका बिद्यार्थीमा सिक्ने क्षेमता निकै राम्रो छ उनीहरुलाई धेरै कुरा थाहा छ तर कसरी के गरेर निमार्ण गर्न सकिन्छ भन्ने मात्रै ज्ञान छैन हामीहरुले यो तिन दिनमा त्यो दिएका छौं ।

पर्वतमा प्रबिधीको बिकास तथा आफुले अध्यायन गरेको बिषय कार्यान्वयन गराउने उद्येश्यले यो कार्यक्रम आयोजना गरिएको नमुना आबासिय उच्च माबिमा सहायक प्रिन्सीपल खेमराज शर्माले बताए ।

शर्माले भने सधै आकाशमा उडेका प्लेन हेरीरहेका बिद्यार्थीहरुलाई त्यो कसरी उड्छ भन्ने बारेमा जानकारी पाउनु, डोजर चलेको देखेकाहरुले कसरी चल्दो        रहेछ भन्ने जानकारी पाउनु साथै ड्रोन क्यामरा कसरी उड्छ र तस्बिरहरु कसरी कैद गर्छ भन्ने बारे जानकारी पाउँनु गौरबको कुरा भएको बताए ।

नमुना आबासिय उच्च माबिमा आयोजना भएको यो प्राबिधिक तालिम तिन दिन सम्म चलेको र मंगलबार बिद्यार्थीहरुले आफुले निर्माण गरेका प्राबिधिक बस्तुहरुलाई सफल परिक्षण पनि गरेका हुन् ।

यसले पर्वतका बिद्यार्थीहरुमा प्राबिधिक क्षेमताको बिकास भएको बताइएको छ । पर्वत सदरमुकामका कुश्मा बजारका ५ बिद्यालयका करिब ५० जना भन्दा बढी बिद्यार्थीहरुलाई दिएको सो तालिममा काठमाण्डौं  ईन्जीनियरिङ्ग कलेजका बिद्यार्थीहरु रबि गुरौं, सागर लामिछाने, आसिष जैसवाल, मनिस अधिकारी र टिम कोअडिनेटरमा माधव रिजाल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो