2026-09-18 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेकी लक्ष्मी परियार र नुवाकोटकी कञ्चन भुजेलको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग

मङ्सिर २९, काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठन अन्तर्गत छात्रा सञ्जालले काभ्रेकी लक्ष्मी परियार र नुवाकोटकी कञ्चन भुजेलको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गरेका छन् । 

हत्याका बिरोधमा अनेरास्ववियु, नेवि सङ्घलगायत १३ विद्यार्थी सङ्घ संस्थाका छात्राले संयुक्त रुपमा बागबजारस्थित पद्मकन्या क्याम्पसमा भेला भई रत्नपार्कस्थित शान्तिबाटिकामा पदयात्रा गरेका थिए । 

सो अवसरमा सञ्जालका अध्यक्ष नवीना लामाले महिलामा हुने विभेद्ले उनीहरुमाथि हिंसा भइरहेको बताउँदै परियार र भुजेलको हत्या जघन्य अपराध भएकाले सो घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभयो । 

लोकतान्त्रिक मुलुकमा सरकारले सबै नागरिकप्रति समानता तथा सामाजिक न्यायको अनुभूति गराउनुपर्ने माग गर्दै कडा कानुन नबनेको अहिलेको अवस्थामा भएका कानुनका आधारमा पनि दोषीलाई सजायको व्यवस्था गर्न अध्यक्ष लामाले आग्रह गर्नुभयो । 

अनेरास्ववियुका सचिव आरसी लामिछानेले सो घटना निन्दनीय रहेको बताउँदै उक्त सञ्जालका प्रतिनिधि नुवाकोटकी भुजेलको शव फेला परेका स्थानमा गएर चाँडो स्थलगत अध्ययन गर्ने जानकारी दिनुभयो । 

सो विषयमा छानबिन गरी दोषीलाई कारबाही गराउन दबाब दिने उद्देश्यले गृहमन्त्री विमलेन्द्र निधिलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई