Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सुन्दरबजार महोत्सव हुने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर २९, लमजुङ ।</b> जिल्लाको दोस्रो ठूलो मुख्य व्यापारिक केन्द्र सुन्दरबजारमा आगामी माघ दोस्रोसाता सातौँ सुन्दरबजार महोेत्सव हुने भएको छ ।&nbsp;</p><p>लमजुङ उद्योग वाणिज्य सङ्घ सुन्दरबजार इकाइले आउँदो माघ १४ गतेदेखी २३ गतेसम्म उक्त महोत्सव आयोजना गर्न लागेको हो । ‘स्थानीय कला, संस्कृति, पर्यटन शिक्षा विकासको पहिचान, उद्योग व्यापार र कृषि लगानी प्रवद्र्धनमा हाम्रो अभियान’ नाराका साथ सञ्चालन हुन लागेको महोत्सवले जिल्लाका सम्भावनालाई उजागर गर्ने उद्योग वाणिज्य सङ्घ सुन्दरबजार इकाईका अध्यक्ष गालु मियाँले बताउनुभयो ।&nbsp;</p><p>लमजुङ कृषि क्याम्पसको पसिरमा चल्ने सो महोत्सवमा एक सय ५० वटा कक्ष राखिने छ । करिब एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि, पुष्प, तथा जडीबुटी प्रदर्शनी, विभिन्न लोक सांस्कृति प्रदर्र्शनी, लोकदोहोरी गीत कार्यक्रम, जातीय एवम् सांस्कृतिक संग्रहालय, झाँकी तथा ¥याली प्रदर्शनी गरिने छ । रासस&nbsp;</p>