२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने : प्रचण्ड

२९ मंसिर २०७३, बुधबार ११:५५

राम नारायण पंडित, मंसिर २९, सिरहा । संबिधान संसोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने प्रधानमन्त्री पुुष्पकमल दहाल प्रचण्डले ठोकुबा गरेका छन् । बिधेयक संशोधन गरी पूूनः संरचनाको कामलाई थाती रखेर भए पनि निर्वाचनमा जाने प्रधानमन्त्री प्रचण्डले दाबी गरे । सबैको सहमति गराएर पुरानै संरचनामा भए पनि निर्वाचनमा जाने प्रधानमन्त्री प्रचण्डले बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवको छोरा अमर यादबको सिरहामा भएको विवाहको जन्ति सरिक भएर जाने क्रममा सिरहाको लहानमा प्रेस सेन्टर नेपाल सिरहाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले विशेषगरी मधेसीलाई विश्वासमा लिएर प्रतिपक्षीको सहमतिमा संविधान संशोधन गराएर चुनावमा जाने बताए । बर्तमान सरकारको मुख्य काम संविधान संशोधन गरी निर्वाचन सम्पन्न गराउनु रहेकोले त्यसको लागि अहिले युुद्धस्तरमा काम भईरहेको प्रधानमन्त्रि प्रचण्डले स्पष्ट गरे । पाँच नम्वर क्षेत्रमा आन्दोलन चर्काएर दुुई नम्वरको मुुद्दालाई ओझेलमा पार्न खोजिएको त होइन ? भन्ने संचारकर्मीको प्रश्नमा प्रधानमन्त्री दहालले यो बडो विडम्वनाको कुरा भएको भन्दै प्रतिपक्षीले यो विषयलाई हावा फैलाएको आरोप लगाए । 

यसअघि सिरहाको गोविन्दपुर वस्तिपुरका सोविन यादवकी छोरी कविता यादबसँग मातृका यादबको पुुत्रको विवाह समारोहमा प्रधानमन्त्री दहाल सरिक भएका थिए ।  मञ्चमै जनवादी विवाह भएका जोडीलाई सफल दामपत्य जीवनको शुुभकामना दिदैं मधेसमा दहेज प्रथा चरम रुपमा उक्लीरहेको वेलामा यस्तो विवाहले समाजलाई नयाँ सन्देश दिएको बताए । विवाह समारोहमा उर्जामन्त्री जनार्दन शर्मा, कानुुनमन्त्री अजयशंकर नायक, पूर्वमन्त्रीहरु हरिवोल गजुरेल, विश्वनाथ साह, रामकुमार यादव लागायत सयौं माओवादी नेता कार्यकर्ता सहित हजारौंको उपस्थिति रहेको थियो । जनवादी विवाह भनेपनि वैवाहीक समारोहमा सरकारी तथा नीजि गाडीको ठूलो लाम लागेको थियो । विवाहमा कुनै पनि प्रकारको दहेज तिलक लेनदेन नगरिएको बताइएको छ । 

यता, सिरहा क्षेत्र नं. ५ को संसदीय विकास कोष समितिको बैठकमा प्रधानमन्त्री दहाल सहभागी भएका थिए । उहाँको क्षेत्रको तीन करोड रुपैया सो क्षेत्रमा पर्ने गोलबजार र मिर्चैया नगरपालिकाको ढलनिकास र खानेपानीमा लागानी गर्ने सर्वसम्मतले पारित भएको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य