2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवल टुडेको वार्षिकोत्सवमा रक्तदान

मंसिर २९, बुटवल । बुटवल पब्लिकेशन प्रालिद्धारा प्रकाशित बुटवल टुडे दैनिकको वार्षिकोत्सव कार्यक्रम अन्तरगत बुधबार वृहत रक्तदान सम्पन्न भएको छ । यस क्षेत्रमा रंगिन कलेभरमा लामो समयदेखि खोजमुलक समाचारका साथै मनोरञ्जनको खुराक पस्कदै आएको बुटवलटुडे दैनिकले वार्षिकोत्सवको कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरेको हो । 

कार्यक्रमको उद्घाटन गर्दै रक्त संचार केन्द्र बुटवलका कार्यवाहक अध्यक्ष बिमल बहादुर शाक्यले रगतको महत्वबारे प्रकाश पारेका थिए । सुचना सन्देशका संवाहकका रुपमा रहेको संचारकर्मीहरुको सानो सहयोगले ठुलो महत्व रहने भन्दै उनले रक्तदानको महत्वलाई अझै आम नागरिक समक्ष पु¥याउन जरुरी रहेको बताए । 

सरकारले छिट्टै नया नीति ल्याउने तरखरमा रहेको समेत उनले बताए । आम नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने सोचका साथ काम अघि बढेको समेत उनले बताए । देशको कुल जनसंख्याको दुई प्रतिशतले रक्तदान गरेको खण्डमा पनि आवश्यक रगत पुग्ने भन्दै उनले यसका लागि जनचेतना जगाउनु नै महत्वपुर्ण रहेको बताए । रुपन्देहीमा हाल बार्षिक १३ हजार युनिट रगतको खपत देखिएको भन्दै स्थानिय संघसंस्था र स्वयंसेवी दाताहरुले गर्दा लक्ष्य अनुरुप काम भैरहेको बताए । 

कार्यक्रममा पब्लिकेशनका अध्यक्ष हरि प्रसाद पौडेलले संघसंस्थाहरुको वार्षिकोत्सवमा गरिने रक्तदानको परम्पराले पनि अहिलेको धेरै मागलाई सम्बोधन भएको बताए । कार्यक्रममा प्रबन्ध निर्देशक, प्रबन्ध सम्पादक नवराज कुवँर, सम्पादक कृष्ण मल्लले संचार क्षेत्रबाट पनि रक्तदानका विषयमा खोजमुलक समाचार बनाउने र रक्तदाताहरुलाई प्रोत्साहन गर्नुको साथै आफै पनि सक्रिय भएर रक्तदान गर्ने संचारकर्मीहरु बढेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । 

रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा केन्द्रमा गरिएको कार्यक्रममा ३० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक स्वस्तिक श्रेष्ठले बताए । कार्यक्रममा संचारकर्मीहरुका साथै स्थानिय युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रक्तदान गरेर सहयोग गर्ने रक्तदाताहरुलाई पब्लिकेशनका अध्यक्ष हरि प्रसाद पौडेलले प्रमाणपत्रबाट सम्मानित गरेका थिए । यसैगरि कार्यक्रममा सहयोग गरेको सिद्धार्थ डेरी उद्योगका खिम प्रसाद भट्टराई (कृष्ण) लाई समेत सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।  

रक्तदान कार्यक्रममा सरोज थापा, नबिन गुरुङ्ग, रबिन्द्र तामाङ्ग, युवराज पराजुली, मनोज थापा, थानेश्वर न्यौपाने, दीपा अधिकारी, माया केसी, उषाकिरण पन्थ, सञ्जय विश्वकर्मा, बाबुराम खनाल, डायलसन अधिकारी, दौपदी थापा, लक्ष्मण पोखरेल, दुर्गा आले, झवि बहादुर सिजाली, राम बहादुर अधिकारी, विष्णु प्रसाद अर्याल, मिना ढकाल, शंकर खड्का, गोपाल पाण्डे, सुर्य पराजुली, उत्तम पोखरेल, सन्देश खत्री, स्वस्तिक श्रेष्ठ, रंजित भुषाललगायतले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई