३० पर्वत  ।कुश्मा   नगरपालिका १७ पकुवा सिल्मीमा रहेको विश्वज्योती माविको भूकम्पले भत्किएको भवन निर्माणको काम थालिएको छ । 

व्यवस्थापिका संसद सदस्य एवं नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  ३० पर्वत  ।कुश्मा   नगरपालिका १७ पकुवा सिल्मीमा रहेको विश्वज्योती माविको भूकम्पले भत्किएको भवन निर्माणको काम थालिएको छ । 

व्यवस्थापिका संसद सदस्य एवं नेप"/>

७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विकासकालागि एक हौ–जोशी

३० मंसिर २०७३, बिहीबार ०६:१३

 ३० पर्वत  ।कुश्मा   नगरपालिका १७ पकुवा सिल्मीमा रहेको विश्वज्योती माविको भूकम्पले भत्किएको भवन निर्माणको काम थालिएको छ । 

व्यवस्थापिका संसद सदस्य एवं नेपाली काँग्रेसका पूर्व केनिद्रय सदस्य अर्जुनप्रसाद जोशीले बुधबार एक विशेष कार्यक्रमका विच भवनको शिलन्यास गरेका हुन् । भवन शिलान्यास पछि आयोजित कार्यक्रममा बोल्दै साँसद जोशीले एकले अर्काको खुट्टा तान्ने प्रवृतिले विकासलाई धक्का लाग्ने बताए । उनले अगाडी वढ्न खोज्नेलाई जर्वजस्ती तानेर पछाडी पार्नुभन्दा विकासका काममा हातेमालो गर्न  आग्रह गरे । उनले सामुदायिक विद्यालयले समुदायमा शिक्षाको ज्योती छर्ने भएकाले निर्माणाधिन भवनको पुननिर्माणमा आर्थिक, भौतिक एवं नैतिक रुपमा सहयोग गर्न पनि सुझाव दिए । जोशीले भवन निर्माणका लागि २० लाख रुपैयाँ सहयोगको घोषणा समेत गरेका छन् । उनले पर्वतका ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, सिँचार्ई, खानेपानी,सडक लगायतका समस्या अझै पनि कायमै रहेको बताउँदै समस्याहरुको यथासक्य समाधान गर्न आफु प्रतिवद्ध रहेको बताए । विकासमा अनावश्यक रुपमा राजनिति हुने गरेकोमा दुख व्यक्त गर्दै उनले सबै पार्टिले समान दायित्वका साथ काम  गरे विकासले गति लिने पनि उल्लेख गरे । भवन निर्माण समितिका अध्यक्ष टंकप्रसाद सुबेदीले तोकिएकै समयमा भवनको निर्माण गर्न समिति प्रतिवद्ध    रहेको बताए । नेपाली काँग्रेस कुश्मानगरपालिका १७ का सभापति समेत रहेका सुबेदीले सबै क्षेत्र, सबै तह र तप्कावाट विद्यालयको पुननिर्माणमा सहयोग प्राप्त भएकाले सबैले भवन निर्माणको लागि उत्तिकै योगदान गरेको उल्लेख गरे । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेलले शिक्षामा राजनीति गर्न नहुने धारणा राखे । विद्यालयमा बन्दै गरेको ४ कोठे भवन शिक्षा मन्त्रालयको ३२ लाखमा निर्माण थालिएको हो । तर भवन निर्माणका लागि ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

भवन निर्माणका लागि भिमवहादुर नेपालीले १५ हजार वरावरका फर्निचर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । मिनवहादुर वस्यालले ५० हजार र भवन निर्माण समितिका अध्यक्ष एवं समाजसेवी टंकप्रसाद सुबेदीले ३० हजार रुपैयाँ सहयोग गर्ने घोषणा  गरेका छन् ।२०१४ सालमा स्थानीय समाजसेवी  विश्वमित्र सुबेदी लगायतका अगुवाहरुले चन्दा उठाएर निर्माण  गरेको विद्यालय अहिले जिर्ण बन्दै गएको छ । अहिले उक्त विद्यालयमा २८० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा