2026-10-18 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अनिश्चितकालीन अर्घाखाँची बन्द

मंसिर ३०, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा आज दिउँसो विरोध सभा हुने भएको छ । ५ नं प्रदेसबाट पहाडी जिल्ला अलग्याएर संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा विरोधसभा हुन थालेको हो । विरोध सभालाई सबै दलका केन्द्रीय नेताले सम्बोधन गर्ने भएका छन् । 

नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, नेता रेवतीप्रसाद भुसाल, नेकपा ९एमाले०का नेता दलबहादुर राना, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त सङ्घर्ष समितिका संयोजक विष्णु मुस्कानले बताउनुभयो । 

विरोधसभा अघि जुलुस प्रदर्शन सन्धिखर्कको टुँडिखेलबाट सुरु भई शान्ति बगैँचा, मेन रोड, हललाइन, बसपार्क, चुत्राबेसी, भक्तिटोला, बैंकरोड हुँदै पुन टुँडिखेलमा गई विशाल विरोधसभामा परिणत हुने मुस्कानले बताउनुभयो । 

आजदेखि अनिश्चितकालीन अर्घाखाँची बन्द भएको छ । बन्दका करण जिल्लाका सम्पूर्ण कलकरखाना, बजार र यातायातका सम्पूर्ण साधन बिहानैदेखि ठप्प रहेका छन् । बन्दमा शिक्षण संस्था भने खुल्न दिने बन्द आह्वान समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु