२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

संवादबाटै निकास खोजौंः चौधरी

३० मंसिर २०७३, बिहीबार ०९:५७

मंसिर ३०, बुटवल । नयाँ शक्ति पाटी नेपाल प्रदेश नम्बर ५ का संयोजक तथा पुर्व मन्त्री दान बहादुर चौधरीले अहिलेको गतिरोध अन्त्यको लागि संसद नै उक्त विकल्प भएको बताएका छन् । ¬¬बन्द हडताल तथा चक्काजाम जस्ता कार्यहरुले जनताको  दैनिक जिविको पार्जन सहित प्रत्यक्ष असर पर्ने भएको कारण बन्द हडतालको विकल्पनमा रचनात्मक दबाब मुलक कार्य गर्नुपर्ने चौधरीको भनाई रहेको छ । 

रिपोर्टस क्लव नेपाल  रुपन्देहीले विहिवार बुटवलमा आयोजना गरेको सक्षात्कार कार्यक्रममा पार्टीको संयोजकमा नयाँ नियुक्ती भएका चौधरीले  संविधान संसोधन विध्येयक संसाद दर्ता  भएपरि त्यसलाई प्रक्रियामा लैजानुपर्नेमा जोड दिए । अहिले सडक आन्दोलन  लगायतका  विरोध कार्यक्रमको कुनै तुक नभएको भन्दै उनले देशलाई बन्धक बनाउने कामको अन्त्य हुनुपर्ने बताएका थिए । 

उनले भने–‘अहिले देशलाई बन्धक बनाउने खेल भएको छ,जसको सार्थक अन्त्य हुनु जरुरी रहेको छ  ।’ उनले बन्द हडतालबाट कुनै पनि निकायको समस्याको सामाधान नहुने भन्दै उनले यसको लागि जनताको आवश्यकता शान्तीपूर्ण दबाव पुर्ण कार्यक्रम भएको बताएका थिए । उनले भने–‘यो अहिलेको आवश्यकता देश विकास र आर्थिक क्रान्तिको हो, जसले देशलाई समृद्धिको बाटोमा आगडी बढाउछ ।’

उनले टेवलवर्कबाट समस्याको समाधान गर्न  राजनीतिक दलका नेताहरुलाई आग्रह गरे । 

बन्द हडताल जस्ता कार्यले देश विकासमा बाध पुग्ने भन्दै उनले जनताको अधिकार स्थापना,देश विकास र आर्थिक समृद्धिको लागि जनता जाग्ने बेला आएको बताएका थिए । 

साक्षात्कार कार्यक्रममा नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय सचिवालय सदस्य बामदेव क्षेत्रीले हालै लुम्बिनीमा सम्पन्न प्रदेश नम्बर ५ को प्रादेशिक बैठकबाट पार्टीले नयाँ धुब्रीकरणको बाटो  पहिल्याएको  बताएकाथिए । उनले अव प्रदेश नम्बर ५ का विभिन्न स्थानमा करोड लागतमा उद्योग, कृषि फर्म तथा अन्य व्यवसायीक फर्म स्थापना गर्ने र त्यहा पार्टीका सयौ युवाहरुलाई रोजगार दिने, सरकारले गर्न लागेको तिन तहको निर्वाचनमा सहभागी हुने र त्यसको तयारी गर्ने लगायत पार्टी सदस्यता विस्तारको पनि अभियान जारी राख्नेगरी मुलत ३ भागमा काम  गर्ने निर्णय भएको बताएका थिए । 

उनले भने–‘६ महिना राजनीतिक अभियान, सञ्चालनमा छौ,  आगमी चैत सम्म सबै जिल्लाहरुमा पार्टीको अधिवेसन चयन हुने छ ।’ उनले आन्दोलन र दबाको नयाँ ढंगबाट खोजी रहेको भन्दै  नयाँ शक्ति नेपाल पार्टीले कहिल्यै पनि बन्द हडताल तथा चक्का जाम जस्ता कार्यहरु नगर्ने जानकारी दिए । 

साक्षात्कार कार्यक्रममा बोल्दै नयाँ शक्ति नेपाल पार्टी प्रदेश नम्बर ५ का कार्यालय सचिव कमल  प्रसाद खनालले अहिले प्रदेशमा ३० हजार पार्टी सदस्य रहेको भन्दै अवको केही महिनामा थप ३५ हजार थप गरी करिव ६५ हजार भन्दा बढि पु¥याउने जानकारी दिए । उनले अवको निर्वाचनमा प्रदेश नम्बर ५ मा लिडिङ्ग गर्ने हेतुले  नयाँ शक्ति नेपाल पार्टी अगाडी बढेको जानकारी समेत दिए । 

साक्षात्कर कार्यक्रम रिपोर्टस क्लव नेपाल रुपन्देहीका अध्यक्ष प्रकाश खनालको अध्यक्षता र पत्रकार कृष्ण खनालको सञ्चालनमा भएको थियो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य