नन्द बहादुर रोकाया, मंसिर ३०, मुगु । मुगुको उत्तरी क्षेत्र सोरु भेगका ६ गा बि स का स्थानीय सञ्चार सेबाबाट बञ्चित भएका छन । सदरमुकाम गमगढिबाट २५ कोष टाढा रहेको जिमा गाबिसको सोरुकोटमा रहेको जिसिएम मोवाईल टावर कार्तिक महिनाबाट अबरुद्ध भएपछि ६ गाबिसका सर्वसाधारण संचारसेवा बाट बञ्चित भएका हुन । र्सौय उर्जाबाट संचालित उत्त टावर पावर सप्लाईमा समस्या आएपछि अबरुद्ध भएको केहि समय पछि ममर्त गरी संचालनमा आउने नेपाल टेलिकम मुगुले जनाए पनी अहिले सम्म सञ्चालमा नआएको जनाईएको छ ।
रारा,कालै,धैनकोट ,जिमा ,नार्थपू ,फोतु गाबिसका सर्वसाधारण संचार सेवाबाट बञ्चित भएको रारा १ का स्थानियवासी बीरबहादुर बलमे बताउनुभयो । बिकट गाउँमा रहेको उत्त टावरमा बर्षेनी बेलाबेलामा समस्या आउने गरेपछि निमार्ण कार्यमा समेत ढिलाई हुने गरेको छ । मोवाईल टावर अबरुद्ध भएपछि १ कल फोन गर्न सर्वसाधारण १ ,२ दिनको पैदल लगाएर गमगढि पुगेर फर्किनु परेको सर्वसाधारण को भनाई रहेको छ ।
जिल्लाका दुर्गम गाउँ,सोरुकोट ,भिई,जिउँका ,रिखिया लगाएतका टावर र्सैय उर्जाबाट संचालन भएपनि पावर नपुग्दा बेलाबेलामा अबरुद्ध हुने गरेका छन् । जिसिएम प्रबिधिको एक मात्र बिकल्प भएको संचार सेवा अबरुद्ध भएपछि सोरुका ७ गाबिसका सर्वसाधारणमा संचार सेवाबाट बञ्चित भएका छन् । सोरुका ७ गाबिसलाई लक्षित गरि संचालित इलाका प्रशासन कार्यालय समेत संचारको अभावमा नियमित काम प्रभावित भएका छन् । बेलाबेलामा टेलिफोन सेवा सुचारुको लागि बनाउन माग गर्दा पनि टेलिकम कार्यालय मुगु र सम्बद्ध निकाय भने बेवास्ता गर्दै आएको स्थानीयले गुनासो गरेका छन् ।