अजयकुमार साह । पुस १, उदयपुर(गाईघाट) । नेपाली पत्रकारितालाई स्थानिय तह सम्म संस्थागत गर्न नेपाल पत्रकार महासंघ प्रयासरत रहेको नेपाल पत्रकार महासंघका केन्द्रिय सभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह । पुस १, उदयपुर(गाईघाट) । नेपाली पत्रकारितालाई स्थानिय तह सम्म संस्थागत गर्न नेपाल पत्रकार महासंघ प्रयासरत रहेको नेपाल पत्रकार महासंघका केन्द्रिय सभ"/>
2026-09-19 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

महासंघको ३९ औं शाखाको रुपमा उदयपुरमा भवन उद्घाटन

अजयकुमार साह । पुस १, उदयपुर(गाईघाट) । नेपाली पत्रकारितालाई स्थानिय तह सम्म संस्थागत गर्न नेपाल पत्रकार महासंघ प्रयासरत रहेको नेपाल पत्रकार महासंघका केन्द्रिय सभापति डा. महेन्द्र विष्टले बताउनुभएकोछ ।  

नेपाल पत्रकार महासंघ शाखा कार्यालय उदयपुरको नवनिर्मित भवनको शुक्रबार समुद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै डा. विष्टले सो कुरा बताउनुभएको हो ।

वहाँले नेपाल पत्रकार महासंघको उदयपुर शाखा भवन ३९ औं स्थानमा उदघाट्न भईरहेको जानकारी गराउँदै अब पत्रकारहरुको आफ्नै संस्था कार्यालयबाट सम्पूर्ण कामकाज गर्न सहज हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले ३० वर्ष सम्म पत्रकारीता गर्ने व्यक्तिहरुलाई विभिन्न प्रकारका सेवा सुविधा उपलब्ध गराउन महासंघ लागी परेको बताउनु भएको छ । वहाँले देशभर राष्ट्रिय सञ्चार माध्यममा महिला पत्रकारको २५ प्रतिशत सहभागीतामा बृद्धि गर्ने नीति महासंघले ल्याएको समेत जानकारी गराउनुभयो ।

महासंघका केन्द्रिय महासचिव तथा कार्यक्रमका विशेष अतिथि उजिर मगरले पत्रकार राजनितिक रुपमा पक्ष र विपक्ष बनेर सामाचार लेख्नुभन्दा निष्पक्ष रुपमा कलम चलाउन आग्रह समेत गर्नुभयो । उहाँले अहिलेको पत्रकारिता बढी पित्त पत्रकारिताबाट प्रेरित भईरहेको जानकारी गराउँदै त्यस्तो पत्रकारिता धेरै समय सम्म टिक्न नसक्ने ठोकुवा समेत गर्नुभयो । कार्यक्रममा उहाँले पत्रकारहरुलाई दलिय पत्रकारिताबाट टाढा रहन आग्रह समेत गर्नुभयो ।

त्यस्तै अर्का विशेष अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सल्लाहकार तथा न्युनत्तम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले पत्रकारहरुको श्रमको मुल्य दिलाउनका लागी ठोस नितिहरु ल्याउन प्रयासरत रहेको र विना मूल्य काममा लगाउने संचार उद्योगहरु अब कारवाहीको भागिदार बन्ने समेत बतानउनुभयो ।

त्यस्तै भवन उत्घाटन कार्यक्रममा पछि पत्रकार महासंघको हलमा श्रमजीवि पत्रकार सम्वन्धि ऐन कार्यन्वयनको अवस्था विषयक अन्तरक्रिया सम्पन्न भएको छ । न्युनतम पारीश्रमीक निर्धारण समितीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा न्युनतम पारीश्रमीक निर्धारण समितीका संयोजक पोषण केशि, पत्रकार महासंघका केन्द्रिय महासचिव उजीर मगर, सन्चार मन्त्रिका प्रेस सल्लाहाकार राजेन्द्र किराती, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी, पत्रकारहरुको वाक्लो उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई