सास । पौष १, बर्दिया ।

गत मंसिर १७ गते विहान दौड्न गएकी एक युवतीमाथि भएको सामुहिक बलात्कारको घटनामा संलग्न फरार अभियुक्तमध्ये बाँकी एकजनालाई आधुनिक प्रविधिको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । पौष १, बर्दिया ।

गत मंसिर १७ गते विहान दौड्न गएकी एक युवतीमाथि भएको सामुहिक बलात्कारको घटनामा संलग्न फरार अभियुक्तमध्ये बाँकी एकजनालाई आधुनिक प्रविधिको प"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

यसरी पक्राउ गर्यो प्रहरीले फरार बलात्कारी

२०७३, १ पुष शुक्रबार १५:३७

सास । पौष १, बर्दिया ।

गत मंसिर १७ गते विहान दौड्न गएकी एक युवतीमाथि भएको सामुहिक बलात्कारको घटनामा संलग्न फरार अभियुक्तमध्ये बाँकी एकजनालाई आधुनिक प्रविधिको प्रयोग गरी पक्राउ गरेपछि आज घटनामा संलग्न तीनै जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्वजनिक गरेको छ ।

    

फरार अभियुक्त प्रदीप थापा ……..

विहान ६ बजेतिर दौड्न भनेर निस्केकी युवतीमाथि गुलरिया नगरपालिका वडा नं. ७ वर्ष १९ को पारस कुमार गुप्ता, वडा नं. ९ वर्ष १७ को राजेश भन्ने अबिषेक बैगार र वडा नं. ६ बस्ने वर्ष २१ को प्रदिप थापाले एक्कासी पछाडिबाट समातेर भूईंमा लडाई पालैपालो सामुहिक बलात्कार गरेर फरार भएका थिए । फरारमध्ये तत्काल पारस गुप्ता र राजेश बैगारलाई पक्राउ गरी अनुसन्धान भैरहेको अवस्थामा अर्का फरार अभियुक्त प्रदिप थापालाई १४ दिनपछि चितवन नगरपालिका वडा नं. २ शारदानगर स्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा मंसिर ३० गते जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलिले पक्राउ गरेको प्रहरीले जनाएको छ । 

फरार अभियुक्तलाई आधुनिक प्रविधिको प्रयोग गरी पक्राउ गरिएकोले समाजमा कुनै पनि जघन्य अपराध गर्ने अपराधीहरुलाई प्रहरीले कुनै पनि हालतमा नछाडिने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरत बहादुर बोहराले बताउनुभयो ।

 

बलात्कारीहरुलाई सार्वजनिक गर्नुहुँदै प्रहरी उपरीक्षक भरत बहादुर बाेहरा …..

पक्राउ परेका तीनै जना अभियुक्तहरुलाई जवरजस्ती करणी मुद्धा अन्तर्गत कार्वाहीका लागि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला