पौष २ पर्वत ।मानवअधिकारको क्षेत्रमा काम गर्दै आइरहेको इन्सेकले जिल्लामा भएका मानवअधिकार हनन् सम्बन्धीका घटनाहरुको बारेमा जिल्लामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पौष २ पर्वत ।मानवअधिकारको क्षेत्रमा काम गर्दै आइरहेको इन्सेकले जिल्लामा भएका मानवअधिकार हनन् सम्बन्धीका घटनाहरुको बारेमा जिल्लामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ । 

2026-09-20 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मानव अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

पौष २ पर्वत ।मानवअधिकारको क्षेत्रमा काम गर्दै आइरहेको इन्सेकले जिल्लामा भएका मानवअधिकार हनन् सम्बन्धीका घटनाहरुको बारेमा जिल्लामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ । 


जिल्लामा रहेका सरोकारवाला निकायहरुसँग शुक्रबार इन्सेकले अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आफ्नो मानवअधिकार बर्ष पुस्तक २०१७ को पूर्व समीक्षा कार्यक्रमको आयोजना गरी जिल्लामा भएका घटनाहरुको बारेमा जानकारी गराएको हो ।

 कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ हेर्दा जिल्ला तथ्याङकका हिसाबले मानवअधिकार हनन्का घटना घटेको देखाएता पनि प्रकृतिका आधारमा जिल्लामा मानवअधिकार हनन्का घटनाहरु बढेको पाइएको छ ।तथ्याङकका आधारमा जिल्लामा गत बर्षको तुलनामा फरक शैलीका घटना घटेको देखाएको छ । सन् २०१५ मा जिल्लामा  बालअधिकार हनन् ४, मापसे गरी झगडा ७७, बहुविवाह ३२, खानालाउन नदिएको उजुरी ४०, नागरिकता र विवाह दर्ता नपाएका उजुरी ९ वटा परेका थिए भने २०१६ मा फरक प्रकृति र फरक शैलीका घटना दर्ता भएका छन् । 


जसमध्ये मापसे गरी कुटपीट ३६, बहुविवाह २९, संखा, उपसंखा तथा झैझगडा तथा कुटपीट ५२,नागरिक तथा विवाह दर्ता नगरेको ७, भुक्काएर सम्बन्ध विच्छेदन १, बेचविखन १ उजुरी दर्ता भएको तथ्याङकले देखाएको छ । त्यस्तै ३ महिला जसमध्ये २ बालिका बलात्कृत, १ बालविवाहको घटना फेला परेको छ । विगतका बर्षका तुलनामा जिल्लामा मापसे, झैझगडा लगायतका घटनामा कमि आएको देखिएता पनि जिल्लामा बेचविखन, बालविवाहको कलंक, बहुविवाह, महिला हिंसाका घटना भने अझै पनि नघटेको तथ्याङकले देखाएको छ । 

फरक शैलीका घटना बढ्नुले पनि जिल्लामा अझै पनि मानवअधिकारको हनन् हुने गरेको पाइएको छ । श्रीमान्ले दोस्रो विवाह गरेपछि ६ वटा सन्तानकी आमाले ११ बर्षसम्म न्याय नपाएको भन्दै  कार्यक्रममा गुनासो गरिन् । राम्जा देउराली ५ की खगेश्वरी केसीले श्रीमा्नले दोस्रो विवाह गरेपछि आफ्नो गासबासमा ठेस पुगेको उनले बताइन ।


 जिल्ला अदालतले प्रति सन्तान खानाको लागि भन्दै ४ सय रुपैया दिन फैसला गरेको तर आफु उक्त फैसला बाट सन्तुष्ट नरहेको बताइन् । छोराछोरीको लालानपालनको लागि अदालतले प्रति सन्तान ४ सयको फैसला सुनायो त्यसले म के गरु ? ४ सयले के नै आउँछ र ? उनले भनिन् । ११ बर्षदेखि न्यायको लागि ढोका ढकढकाएता पनि आफुले न्याय अझै नपाएको उनले गुनासो गरिनन् ।


बार एसोसिएशनका अध्यक्ष विश्वराज पाण्डेले जिल्लामा मानवअधिकारका घटनाहरुमा कमी नआएको औलाए । उनले नीजि विद्यालयमा भारी झोला बोकाउने र विद्यार्थीलाई कुटपीट गर्ने अझै पनि कायम रहेको र त्यहाँ मानवअधिकार र बालअधिकार हनन् भैराखेको भन्दै त्यस तर्फ पनि धयान जानुपर्ने बताए । जिल्लामा हिंसा तथा पीडितमा परेका महिला तथा बालबालिकाको संरक्षणको लागि कुनै पनि निकायले कान नगरेको र  हाल बन्दै गरहेको सुरक्षित घरको लागि आवश्यक आर्थिक सहयोग सरोकारवाला निकायबाट प्राप्त हुन नसकेको भन्दै उनले दुखेसो समेत पोखे । 


व्यक्तिले मानवअधिकार हनन् गरे वा कानून विपरीत काम गरे कारवाही हुन्छ राजनीतिक दलले गरे ढाकछोप हुन्छ उनले भने । कार्यक्रममा अधिवक्ता दिलिपराज शर्मा, जगदीश शर्मा, हरि नारायण, उपभोक्ता मंचकी अध्यक्ष सरिता भण्डारी शरु, महिला मानवअधिकार रक्षकहरुको संजालकी अध्यक्ष सिता केसी लगाएतले जिल्लामा अझै पनि महिला तथा मानवअधिकार सम्बन्धी घटनाहरु नहटेको बताए । उनीहरुल्े जिल्लामा भएका घटनाहरुको सत्यतथ्य तथ्याङक राख्नको लागि समेत     सुझाए ।


प्रमुख जिल्ला अधिकारी सम्भू मरासिनीले जिल्लाको शान्ति सुरक्षाको व्यवस्थापनको लागि आफुले पहल गर्ने बताए । उनले जिल्लामा कुनै पनि अप्रिय घटना नभएको भन्दै जिल्लाको शान्ति सुरक्षाको व्यवस्थापनको लागि संयन्त्रहरु परिचालन गरी थप शसक्त बनाउने बताए । नागरिक संजाल पर्वतका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक प्रतिनिधि किशोर सापकोटाले जिल्लामा भएका मानवअधिकार हनन् तथा घटनाको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो