2026-09-19 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

प्रथम रामपुर महोत्सव हुने

पुस २, पाल्पा । शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, ‘पर्यटन र उद्योग विकासको पूर्वाधार रामपुर क्षेत्रको विकासको आधार’ भन्ने नाराका साथ प्रथम रामपुर महोत्सव तथा व्यापार मेला २०७३ हुने भएको छ । 

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको सो प्रथम रामपुर महोत्सव यही आउँदो पुष २७ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा १० करोड बराबरको कारोबार गर्ने, दुई लाख बराबर दर्शक भित्र्याउने लक्ष्य रहेको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो । 

महोत्सवमा अटो मोबाइल्स र होटल रेस्टुरेन्ट बाहेक २०० वटा स्टल रहनेछन् । कृषिजन्य वस्तुको प्रवद्र्धन र रामपुर क्षेत्रको व्यापार व्यवसाय बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष ढकालले बताउनुभयो । 

डोको बुनेर मासिक २५ हजार बराबरको आम्दानी 

रामपुर नगरपालिका– १० किसानबारीका ६९ वर्षिय विष्णु विक लाई डोको नबुनेसम्म साँझ बिहान हातमुख जोर्ने समस्या छ । विकले विगत ४० वर्षदेखि यस व्यवसायलाई निरन्तरता दिँदै आउनुभएको छ । 

गाउँघरमा प्रयोग हुने डोको, थुम्से र भकारी बुनेर घर घरमा बिक्रीका लागि उहाँ पुग्नुहुन्छ । दिनमा पाँचवटा डोको बुनेर मासिक रु। २५ हजार आम्दानी हुने गरेको विकले बताउनुभयो । 

रामपुर क्षेत्रमै व्यवसायिक रुपमा उहाँले मात्र यस पेशालाई निरन्तरता दिनुभएको छ । रु। दुई सय देखि तीन सम्ममा एउटा बाँस किनेर उहाँले डोको बुन्दै आउनुभएको हो । 

उहाँ भन्नुहुन्छ,“कमाउने कोही छैन, सम्पत्तिको नाममा हातमा डोको बुन्ने सीप मात्र छ” उहाँले भन्नुभयो —“डोको बुनेर नै छोराछोरीको पढाइखर्च, घरव्यवहार चलाएको छु ।” एउटा डोको रु २५० देखि रु ३५० सम्ममा बिक्री हुने गर्दछ । 

आधुनिकतासंगै पछिल्लो समय थुम्से र भकारीको माग अत्यन्त न्यून हुने गरे पनि डोकोको माग भने अत्यधिक हुने गरेकाले पु¥याउन मुस्किल परेको विक बताउनुहुन्छ । “पहिले नै अर्डर हुन्छ, बुनेर सिध्याउन नपाउँदै बिक्री भइहाल्छ” उहाँले भन्नुभयो । हातमा सीप भयो भने बाँच्न गाह«ो नपर्ने उहाँको अनुभव छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई