प्रभात सुवेदी । पौष २, बर्दिया ।

यसै त पहिलो शनिबार गुलरिया बजार बन्द हुने दिन झन् उसैमाथि हि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । पौष २, बर्दिया ।

यसै त पहिलो शनिबार गुलरिया बजार बन्द हुने दिन झन् उसैमाथि हि"/>

2026-07-10 03:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सुनसान चोक भावुक बन्दा

2016-12-17

प्रभात सुवेदी । पौष २, बर्दिया ।

यसै त पहिलो शनिबार गुलरिया बजार बन्द हुने दिन झन् उसैमाथि हिजोदेखि नेकपा एमालेको बन्दका कारण पनि सुनसान बनेको राधाकृष्णचोक भने अपरान्ह अकस्मात भावुकतामा परिणत भयो । 

बर्दियाली कलाकार राम बहादुर कुँवरको १३औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुमा भावुकताले छाएको थियो । वहाँकै सम्झनामा श्रद्धाका शब्दहरु बुनेर गीत गाइरहँदा कलाकार मनोज भण्डारी आँफै भावुक बन्नुभएको थियो भने उपस्थित जनसमुदाय तथा परिवारका सदस्यहरुको पनि मन थामिन सकेको थिएन । 

एमाले निकट जनसाँस्कृतिक महासंघ नेपाल बर्दिया, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र सूर्योदय साँस्कृतिक प्रतिष्ठान बर्दियाको संयुक्त आयोजनमा सम्पन्न श्रद्धाञ्जली सभामा कलाकार राम बहादुर कुँवरको व्यक्तित्व र कलाकारितामाथि चर्चा परिचर्चा गरिएको थियो । 

वहाँको आत्माको चिर शान्तिको लागि कुँवरकी जेठी छोरी अन्जु कुँवरलाई समवेदनापत्र प्रदान गर्नुहुँदै  व्यवस्थापिकका सा‌सद लीला रानाले वहाँले जनताका गीतहरु गाएर जिल्लाका कुनाकुनामा पुगेको स्ममरण गर्नुहुँदै मृत्यु मानव जीवनको स्वभाविक प्रक्रिया भएतापनि वहाँको योगदानका कारणले गर्दा नै यसरी संझिएको स्मरण गर्नुभयो । 


नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष हरि ज्ञवालीले राम बहादुर कुँवर आफ्नो कर्तव्य प्रति इमान्दार हुनुभएको स्मरण गर्नुहुँदै श्रद्धाञ्जली व्यक्त गर्नुभयो । कार्यक्रममा समकालीन सहकर्मी कलाकार महादेव गुरुङ्ग, नरेन्द्र श्रेष्ठले वहाँ अत्यन्तै खुवी भएको कलाकार हुनुहुन्थ्यो र घर परिवारको पनि वास्ता नगरी कलाकारितामा नै होमिएर लाग्ने व्यक्तित्वका रुपमा स्मरण गर्नुभयो । कार्यक्रममा कलाकारहरु संजिव खड्का, शम्भु सुनारले श्रद्धाञ्जली गीत प्रस्तुत गर्नुभएको थियो । 


कार्यक्रम जनसाँस्कृतिक महासंघ नेपाल जिल्ला कार्यसमिति बर्दियाका अध्यक्ष विष्णु थापाको सभाध्यक्षमा सम्पन्न गरिएको  हो ।

कलाकार कुँवरका रेलको ईन्जन, लाली बजारमा, जु¥यो लगन गीती एल्बमहरु प्रकाशित रहका छन् भने वहाँको गत मंसिर २० गते आफ्नै निवास गुलरिया ४ खैरीमा निधन भएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो