२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मुसहर ,थारु तथा बोेटे समुदायका लागी उपचार थलो स्थल बन्यो अमलटारी सामुदायीक स्वास्थ्य केन्द्र

२०७३, २ पुष शनिबार ११:३३

रबीन्द्र यादव/ पुस २, नवलपरासी । नवलपरासीका मुसहर,थारु तथा बोटे समुदायका लागी अमलटारी सामुदायीक स्वास्थ्य केन्द्र स्वास्थ्य उपचार गर्ने प्रमुख थलो बनेको छ  । 

बिशेष गरी जिल्लाको करिब ८० कि।मी र पूर्ब पश्चिम राजमार्गबाट करिब ७ कि।मी दुर दरारमा रहेको अग्यौली ५ हाल कावासोती १४,१५ र १६ बाघखोरमा स्थापना गरिएको अमलटारी सामुदायीक स्वास्थ्य केन्द्र अमलटारी मध्यवर्ती क्षेत्र जुन बिशेष गरि बन्य जन्तु र राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र आसपासमा बस्न मुसहर,थारु तथा बोटे समुदायका लागी स्वास्थ्य उपचारको दृष्टिकोणले निनै भरपर्दो माध्यम बन्न सफल भएको हो । 



डब्लु डब्लु एफ तराई भूपरिधि कार्यक्रम , अमलटारी मध्यवर्ती उपभोक्ता समिति, स्थानिय जनसमुदाय र नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाको संयुक्त लगानीर सर सहयोगमा  ई।स।बि।सम्बत १९ मे २०१३ सालमा  स्थापना गरिएको  उक्त सामुदायीक स्वास्थ्य केन्द्रमा दैनिक रुपमा सोहि समुदायका करिब १० देखी २० जना सेवाग्राहीहरुले यौन ताथा प्रजनन् स्वास्थ्य सेवा लिदै वा पाउदै आएका छन् । 


सुरुवात अवस्थामा स्वास्थ्य उपचार सेवा पहुचको निकै दुरदरार तथा निकै टाढां अवस्थमा रहेका मुसहर,थारु तथा बोटे समुदायका लागी यो सामुदायीक स्वास्थ्य केन्द्र स्वास्थ्य उपचारका लागी लोकप्रिय माध्यम बन्न सफल भएको हो । 


सामुदायीक स्वास्थ्य केन्द्र स्थापना भए संगै यहांका स्थानियहरुलाई  स्वास्थ्य उपचारमा निकै सजिलो समेत भएको  छ  । परिवार नियोजन संघले यस स्वास्थ्य केन्द्र मार्फत दिन र रातको समय सेवा दिदै आएपछि यहांका स्थानिय निकै लाभान्वित भएका हुन् । 


बिशेष गरी पर्यटकीय क्षेत्रमा बिकास उन्मुख मानिएको यस आसपासका जनताले सामुदायीक स्वास्थ्य केन्द्रको स्थापना संगै स्वास्थ्य उपचारमा निकै सहजता भएको छ  । यसका लागी स्थानियले पनि सहयोग गर्दै केन्द्रमा थप सेवा बिस्तार गरिने तयारी  गरिएको केन्द्रका ब्यवस्थापन समितीका संयोजक छन्नुराम महतोले बताउनुभयो । 


यस सामुदायीक स्वास्थ्य केन्द्रले हाल अस्थिाई परिवार नियोजन सेवा , गर्भवती महिलाको जांच र उपचार, सुत्केरी पश्चात जांच , किशोर किशोरी हरुको लागी युवा मत्रिवत यौन तथा प्रजनन् स्वास्थ्य , सामान्य स्वास्थ्य जनंच र उपचार , लैंगिकता आधारित हिंसा परामर्श र अन्य उपचार लगायतका सेवा निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ भने संस्थालाई दिगो बिकासका लागी औषधी मात्र खरिद मूल्यमा नै बिक्रि बितरण सेवा उपलब्ध गर्दै आएको क्लिनिक संचालक अ।न।मी हेमा महतोले जानकारी गर्नु भयो ।  । जसबाट यस गाउं आसपास सहित छिमेकी गा।वि।स।का जनताहरुले पनि प्रत्यक्ष रुपमा सेवा लिदै आएका छन् । 


परियोजना अवधिको अनत्य सम्ममा यहांका जनतालाई प्रत्यक्ष रुपमा  यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुच लक्षित समुदायमा पु¥याई स्वस्थ जीवनयापनका साथै प्राकृतिक श्रोतको दिगो व्यवस्थापन गर्ने  यस परियोजनाको मुख्य लक्ष्य साथै नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाको मुख्य उदेश्यले रहेको छ, हाल यस्तै परियोजना नेपाल परिवार नियोजन संघ मार्फत ८ वटा जिल्लाहरुमा सन २०१७ डिसेम्बर ३१ सम्म संचालन हुंदै  रहेको छ । 

 

संस्थाले यस क्षेत्रमा परियोजना मार्फत प्राकृतिक श्रोत व्यवस्थापन साथै  यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रमलाई एकिकृत रुपमा सञ्चालन गर्दै लक्षित समुदायको जीवनस्तर उकास्ने रणनीतिःअघि सारेको छ ।  


प्रजनन स्वास्थ्य सेवा तथा जैविक विविधताको निरन्तर रुपमा संरक्षण र सम्बद्र्दनका लागि परियोजनाको दिगो विकास प्रमुख पक्ष हो । यसका लागि अमलतारी मध्यवर्ती उपभोक्ता समिति अग्यौली, तराई भू परिधि कार्यक्रम र नेपाल परिवार नियोजन संघ नवलपरासी शाखा द्वारा अमलटारी आफनैे भवनमा संयुक्त रुपमा सञ्चालित सामुदायिक स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको  छ  । 


 साथै बहुउद्देशीय स्रोत केन्द्रको दिगो विकासका लागि अमलटारी मध्यवर्ती उपभोक्ता समितिहरुको सहयोगमा आर्थिक स्रोत जुटाई त्यसमा संघबाट समेत थप गरी दुबै संस्थाको रेखदेखमा संस्थागत दिगो बिकोसका लागी स्थानिय वित्तिय संस्थामा मुद्दती खाता खोली बिउ पूजी केहि मात्रामा स्थापना भई सकेको र यस बर्ष पनि थप गरि संस्थागत दिगो बिकासलाई मध्य नजर गरि कार्यक्रम गरिने संघले जानकारी गराउनु भएको छ । 


उक्त खाताबाट प्राप्त ब्याज क्लिनिक व्यवस्थापन समिति र संघबाट सञ्चालन हुने गरी जम्मा गरीनेछ र सोही व्याजबाट उपरोक्त स्वास्थ्य संस्थालाई निरन्तरता दिईने भाबि योजना रहेको नेपाल परिवार नियोजन संघ नवलपरासीले जनाएको छ ।  

अन्तमा यो परियोजनाको बिशेषता जनसंख्या , स्वास्थ्य र बाताबरण लाई लक्षित गरि २ । ३वटा संस्थाहरु मिलेर निर्धारित समुदायका जनसमुदायहरुको स्वास्थ्य स्तर उकास्ने र बन बाताबरण लगायत बन्य जन्तुको संरक्षण गर्ने र एउटै बाटो हिंडेर निर्धारित लक्ष्य प्राप्ति गर्ने यस परियोजनाको उदेश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ