(सुरेशकुमार झा) | पुस ३, सिरहा । कमला नहरको प्रभावकारी व्यवस्थापन एवम् व्यवस्थित निर्माणले सिरहाको पश्चिम र धनुषा जिल्लाको पूर्वी क्षेत्र अन्तर्गत ७६ गाविसमा सिँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सुरेशकुमार झा) | पुस ३, सिरहा । कमला नहरको प्रभावकारी व्यवस्थापन एवम् व्यवस्थित निर्माणले सिरहाको पश्चिम र धनुषा जिल्लाको पूर्वी क्षेत्र अन्तर्गत ७६ गाविसमा सिँ"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

समृद्ध तराई–मधेस सिँचाइ कार्यक्रम सुरु

३ पुष २०७३, आईतवार ०७:४१

(सुरेशकुमार झा) | पुस ३, सिरहा । कमला नहरको प्रभावकारी व्यवस्थापन एवम् व्यवस्थित निर्माणले सिरहाको पश्चिम र धनुषा जिल्लाको पूर्वी क्षेत्र अन्तर्गत ७६ गाविसमा सिँचाइ सुविधा पु¥याएको छ । 

फलस्वरुप सिरहाका ४० गाविस र धनुषाका ३६ गाविसमा जनताको मागअनुसार उक्त नहरबाट पानी दिने गरिएको र कृषि उत्पादनमा अत्यन्त वृद्धि भएको स्थानीयवासी कृषकको भनाइ छ । 

लामो समयदेखि कमला नदीको कटान र डुबानमा पर्दै आएको सिरहा पश्चिम र धनुषाको पूर्वी क्षेत्रमा आवश्यक निर्माण गरी नहर सञ्चालन गरेपछि सिरहा र धनुषाका साढे १२ हजार– साँढे बाह्र हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको कमला हर्दिनाथ सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय पोर्ताहाले जनाएको छ । 

मूल नहरको लम्बाइ ३० किमी, आठ नहर शाखा तथा १७ प्रशाखा रहेको सो नहरबाट प्रत्येक वर्ष धान र गहुँखेतीका लागि दुई पटक पानी छर्ने गरिएको र आवश्यक परे पानी छाडिँदै आएको डिभिजनका प्रमुख गौतम ठाकुरले बताउनुभयो । 

सीमित स्रोत र साधन भए पनि कार्यालयले स्थानीय प्रशासन, जल उपभोत्ता तथा किसानको सहयोग एवम् समन्वयमा नहरको निर्माण, सरसफाइ, ग्राभेलिङलगायत अन्य पूर्वाधारका काम भइरहेको जनाइएको छ । 

नहर सिञ्चित क्षेत्रमा प्रतिकठ्ठा पाँच मन धान र तीन मन गहँु उत्पादन भइरहेको छ । पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका कृषि अधिकृत नीलकमल सिँहले कमला नहरबाट सिँचाइमा धेरै सुविधा पुगेको र यसलाई थप व्यवस्थित गर्नुपर्ने अवस्था रहेको छ भन्नुभयो । 

डिभिजन कार्यलयका अनुसार चालु आवमा कमला नहरको बृहत् सरकारी सिँचाइ योजनातर्फ रु १७ करोड र मर्मततर्फ रु दुई करोड निकासा गरिएको । समृद्ध तराई– मधेस सिँचाइ कार्यक्रमका लागि रु पाँच करोड विनियोजन भएको बताइएको छ । 

पोर्ताहा गाविसका किसान रामदयाल मण्डल पहिला नहर व्यवस्थित नहँुदा बाढीले बगाउँथ्यो तर अहिले नहरको निर्माणले बाढी नियन्त्रण मात्र होइन सिँचाइ सुविधाले जीवनमा सुधार आएको बताउनुहुन्छ । 

यसैबीच सिरहाका प्रजिअ श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा प्रहरी प्रमुख, जिल्ला उपभोक्त संस्थाका प्रतिनिधि र स्थानीय कृषक पत्रकारको टोलीले कमला नहर प्रणलीको निर्माण भइरहेको भौतिक पूर्वाधारको अनुगमन तथा निरीक्षण गरेको छ । 

विसं २०१७ कात्तिक २६ गते तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले शिलान्यास गरेको सो सिँचाइ डिभिजन कार्यालयले २०७०÷७१ देखि प्रभावकारी रुपमा विभिन्न ठेकेदार कम्पनीमार्फत पूर्वाधारको निर्माण गरिरहेको प्रमुख ठकुरले बताउनुभयो । 

कार्यालयका इन्जिनियर अरुण यादवले जल उपभोक्ता संस्थाको निर्वाचन तथा नवीकरणतर्फ पहल भइरहेको बताउनुभयो । निर्वाचन नभएका बारे उपभोक्त संस्थामाथि यहाँ व्यापक गुनासो छ । रासस   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै