नरी बडु, पुष ३ बैतडी ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीले विभिन्न माग राख्दै प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको २९ औँ स्थापना दिवसको अवसरमा आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत समाजले ज्ञापनपत्र बुझाएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, पुष ३ बैतडी ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीले विभिन्न माग राख्दै प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको २९ औँ स्थापना दिवसको अवसरमा आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत समाजले ज्ञापनपत्र बुझाएक"/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

उत्पीडित जातीय मुक्ति समाजद्वारा प्रधानमन्त्रिलाई ज्ञापनपत्र

३ पुष २०७३, आईतवार १२:४३

नरी बडु, पुष ३ बैतडी ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीले विभिन्न माग राख्दै प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको २९ औँ स्थापना दिवसको अवसरमा आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत समाजले ज्ञापनपत्र बुझाएको हो ।

समाजद्वारा नेकपा एमालेका अध्यक्ष केपि शर्मा वली नेतृत्वको सरकारले जारी गरेको आर्थिक वर्ष ०७२/०७३ को बजेटमा घोषणा भएका महिलासंग राष्ट्रपति र दलितसंग प्रधानमन्त्रि कार्यक्रम अन्र्तगत प्रधानमन्त्रिको नेतृत्वमा बन्ने उच्चस्तरको समिति निर्माण गर्न, भगत सर्वजित शिल्प उत्थान तथा विकास केन्द्रको गठन गर्न, जेष्ठ २१ गतेलाई जातीय छुवाछुत तथा भेदभाव उन्मुलन दिवसको जिल्ला तहमा समेत कार्यान्वयन गर्न र काभ्रेका लक्ष्मी परियारको हत्यामा संलग्नलाई तत्काल कारवाहिको माग गर्न लगायतका माग सहितको ज्ञापनपत्र बुझाईएको छ ।

काभ्रेकै अजित मिजारको हत्याराहरुमाथि कारवाही नहुदै सोही जिल्लाको बाङथली गाविस वडा नं. ७ का लक्ष्मी परियारलाई कथित बोक्सीको आरोपमा जातिय छुवाछुत र भेदभावका कारण हत्या गरिएको भन्दै मुक्ति समाज बैतडीले दोषिलाई कारवाहिको माग गरेको नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सचिवालय सदस्य नरेस विकको भनाई छ ।

परियारलाई स्थानीय शिक्षक हिरा लामा लागायतले हत्या गरेको आरोप छ । बोक्सी र छुवाछुतजस्तो फौजदारी अपराधलाई मिलापत्र गरिदिने स्थानीय प्रहरीको कमजोरीका कारण लक्ष्मी परियारको हस्ता भएको मुक्ति समाजको आरोप छ ।

लक्ष्मी परियारका हत्यारालाई तत्काल कारवाहीको माग सहित नेपालको संविधान जारी भईसकेपछि यसको व्यवहारिक कार्यान्वयन गर्न व्यवस्थापिका संसदमा पेश भएका १३८ वटा कानूनहरु दलितमैत्री बनाउन, नेपालको संविधानको धारा ४० अनुसारका कानूहरु निर्माण गर्न र राष्ट्रिय दलित आयोलाई दलित आन्दोलनको भावना अनुसार संसोधन गरी पारित गर्न र संविधान अनुसार अधिकार सम्पन्न दलित आयोग गठनका लागि जोडदार माग गर्दछौ ज्ञापनपत्रमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन