२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

लुम्स गाउँका स्थानीय ७ बर्ष देखि खोलाको पानी खाना बाध्य

२०७३, ३ पुष आईतवार १५:१८

नन्द बहादुर रोकाया | पुस ३, मुगु | मगु सदरमुकाम देखि पुर्वमा पर्ने रोवा गा बि स वडा नं ८ लुम्स गाउँका स्थानीय ७ बर्ष देखि खोलाको पानी खान बाध्य भएका छन । गाउँमा धारा नभएपछी वर्षौदेखि पिउने पानीको रुपमा खोलाको फोहोर पानी पिउन बाध्य भएका हुन ।

लुम्स गाउँमा बसोबास  गर्ने ४० घर परिवारले वर्षौदेखि लुगाकपडा धुने, खाना पकाउने, नुहाउने, गाईवस्तुलाई दिने, तरकारीबारी सिँचाइ गर्नेदेखि पिउने पानीको रुपमा खोलामा पानी प्रयोग गर्ने गरेको स्थानीयबासी शिब राज ऐडिले बताउनुभयो । 

७ वर्ष अघि सञ्चालनमा रहेको खानपानी आयोजनाको पाईप पहिरोले बगाएपछिे मर्मत सम्भार हुन नसक्दा लुम्स गाउका स्थानियबासिहरु खोलाको पानी पिउन बाध्य भएका छन ।

७ वर्षदेखि आयोजना अवरुद्ध भए देखि धमिलो पानी पिउने गरेको र त्यस्तो पानीले झाडापखाला हुने गरेको तथा ठुला मान्छेलाइ समेत पेटको समस्या पर्ने गरेको स्थनियले बताएका छन । योजना अवरुद्ध भई सात बर्ष बिती सक्दा पनी आज सम्म कसैलपनीे खानेपानीको लागी पहल नगरेको स्थानीयले गुनासो समेत गरेका छन ।

घटट् बन्द हुँदा स्थानीय लाई हैरानी

यसै बिच सोही लुम्स गाउँमा स्थानीयले मिलको विकल्पको रुपमा प्रयोग गर्दै आईरहेका ६ बटा पानी घटट् बन्द हुँदा स्थानीय लाई हैरानी भएको छ  ।

परम्परादेखि संचालन गर्दै आईरहेका पानी घट्ट गत साउन महिना लुम्स बगरमा आएको अबिरल बर्षा संगैकोे बाढी पहिरोका कारण  घटट्का नहर बगाए पछी घटट बन्द भएका हुन । आपनो घर नजिक भएका घट्टहरु बन्द भए पछी ५ घण्टाको पैदल यात्रा गरी अन्न पिस्न अन्यत्र छिमेकी गाउँ का घट्ट, गमघट्ट जानुपर्ने बाध्यता भएको सोहि गाउँका स्थानीय पे्रम बहादुर कठायतले बताउनु भयो ।

उहाँका अनुसार परम्परागत देखि सन्चालनमा रहेका घट्टले रोवा गाविसको वडा नं ८ का लुम्स,भडढाँडी , बालचौर का स्थानीयलाई प्रत्यक्ष सेवा पुगेको थियो । बाढीले खोलामा रहेका पानी घट्टका नहर बगाए संगै घट्ट बन्द भएकाले आफुहरु निकै मर्कामा परेको कठायतको दुखेसो ब्यक्त गर्नुभयो ।

आफु हरुले घट्ट संचालनमा ल्याउन जोड गरेपनी तत्काल संचालनमा ल्याउन नसकिएकोे सोहि गाउँका अर्का स्थानीये चन्द कठायतले बताउनुभयो । अन्य गाउँका घट्टमा अन्न पिस्न जादाँ घट्टालाको घुईचो धेरै हुने हुदा अनेकौ बाबजुत घट्ट पिसनु पर्दा बिभीन्न किसीमका समस्या हुने गरेको कठायतको भनाई रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन