११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

परियारको हत्याको विरोधमा एक दर्जन संस्थाहरुद्वारा घोर भत्र्सना

३ पुष २०७३, आईतवार १५:३३

अजयकुमार साह । पुस ३, उदयपुर(गाईघाट) । काभ्रे सानो गा.वि.स. गौथली वडा न. ७ की ३३ बर्षीय लक्ष्मी परियारलाई गत मंसिर २१ गतेका दिन केही स्थानियहरुको संलग्नतामा भएको हत्याको उदयपुरका अधिकारकर्मी र संस्थाहरुले घोर विरोध गरेको छ ।

 आईतबार उदयपुरका एक दर्जन संघ संस्था र संजालहरुले हत्याको विरोध गर्दै प्रेस विज्ञप्ती जारी गरेकाछन् । जारी विज्ञप्तीमा परियारको हत्यामा संलग्न भनिएको स्थानीय शिक्षक हिरा लामा , निजकी आमा ,साहिला तामाङ , लगाएतका ब्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याई कानुन अनुसार दण्डीत गर्न समेत सम्बन्धीत पक्षलाई आग्रह गरिएको छ ।

दलित अधिकार संजाल उदयपुर, लोकतान्त्रिक गैसस महासंघ उदयपुर, मासबेस उदयपुर, सूचनाको हकका लागी नागरिक संजाल उदयपुर, जाल्पा एकिकृत बिकास समाज, सम्रग बिकास केन्द् उदयपुर, प्रेस सेन्टर नेपाल, समाजिक उत्थान केन्द् नेपाल, मानब अधिकार तथा समाािजक रपान्तरण अभियान, राष्टिय मानब शधिकार प्रतिष्ठान र दलित नेटवर्क उदयपुर सहितका एक दर्जन संस्थाहरुले घट्नाको घोर विरोध गर्दै संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।

विज्ञप्तीमा आजकोे एक्काईसौं शताब्दीको युगमा र नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा अगाडी बढीरहेको अवस्थामा सवैको सम्पूर्ण अधिकार सुनिश्चित गर्ने अवस्थामा समेत पनि एउटा बोक्सी जस्तो अत्यन्त घृणित आरोप लगाई दिनदहाडै शरिरीक यातना दिई अमानविय तरिकाले मलमुत्र खुवाएर अन्यायपुर्ण तरिका बाट हत्या गर्ने हत्यारा अथवा पीडकलाई आवश्यक अनुसन्धान गरि कानुन अनुसार हदै सम्मको कारबाहि र पिडीतलाई न्याय दिन सम्बधित सम्पूर्ण सरोकार वालाहरुमा जोडदार माग गर्दछौं उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै