अजयकुमार साह | पुस ३, उदयपुर | ६८ औं अन्त्तराष्ट्रिय मानवअधिकार दिवस र ८ औं मानवअधिकार राष्ट्रिय महाभेलाबाट यस बर्षको मानवअधिकार बर्ष सम्मान पुरस्कार २०७३ बाट सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह | पुस ३, उदयपुर | ६८ औं अन्त्तराष्ट्रिय मानवअधिकार दिवस र ८ औं मानवअधिकार राष्ट्रिय महाभेलाबाट यस बर्षको मानवअधिकार बर्ष सम्मान पुरस्कार २०७३ बाट सम"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा दुई प्रतिभाहरु खान र कार्की सम्मानीत

३ पुष २०७३, आईतवार १५:३९

अजयकुमार साह | पुस ३, उदयपुर | ६८ औं अन्त्तराष्ट्रिय मानवअधिकार दिवस र ८ औं मानवअधिकार राष्ट्रिय महाभेलाबाट यस बर्षको मानवअधिकार बर्ष सम्मान पुरस्कार २०७३ बाट सम्मानीत मानवअधिकारकर्मी नजबुल खान “निलम” लाई एक समारोहकाबीच आईतबार उदयपुरमा पनि सम्मान गरिएको छ ।

शान्ता लक्ष्मी श्रेष्ठ महिला मानवअधिकार सम्मान पुरस्कार २०७३ बाट राजधानीमा मंसीर २४ गते सम्मानीत भएकी उदयपुरे महिला मावअधिकारकर्मी खानलाई मानवअधिकारको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएवापत पुरस्कृत भएर जिल्लाको नाम उच्च पारेको भन्दै उदयपुरे अधिकारकर्मीहरुले सम्मान गरेका हुन् ।

उनलाई प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे, प्रहरी नायव उपरिक्षक ओमबहादुर राना, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान, लोकतान्त्रिक गैसस महासंघ, सूचनाको हकका लागी नागरिक संजाल, मधेशी समाज उदयपुर, टोल विकास संस्था समन्वय समिति र काहुराष्टका प्रमुख तथा प्रतिनिधि लगायत उपस्थित अधिकारकर्मी, पत्रकारहरुले अबीर र खादा लगाई सम्मान गरेका थिए ।

सहभागिहरुले खानलाई यस अघि पनि अन्त्तराष्ट्रिय पुरस्कार पाईसकेको सम्झना गर्दै अझ बढी क्रियाशिल भई सामाजिक रुपान्तरणका लागी निरन्तर लागी रहन शुभकामना समेत दिएकाछन् ।

सामाजिक रुपले पछाडि पारिएका मुस्लिम समुदायभित्र हुने बुर्का प्रथालाई चिरेर टेम्पो ड्राईभर देखी स्थानिय समाजिक संस्थाको अध्यक्ष भई महिला अधिकारको पक्षमा अहोरात्र खटिरहेकी खानलाई यस पुरस्कारले एक विद्रोही छोरीको रुपमा समेत चिनाएको छ । खानले यो सम्मानले आफुलाई अझ बढी हौसला र आँट प्रदान गरेको र प्रेरणा समेत मिलेको बताउनुभयो ।

सोही कार्यक्रममा उदयपुरका युवा प्रतिभा चित्रकुमार कार्की पनि सम्मानीत भएकाछन । शाहसी युवा प्रतिभाको रुपमा नेपाल जेसीसद्वारा काठमाडौंमा सम्मानित उल्टो मोटरसाईकल यात्री कार्कीलाई पुरस्कृत समेत गरेको थियो । उनले नेपालको पूर्व पश्चिमदेखि छिमेकी मुलुक भारतसम्म उल्टो मोटरसाईकल यात्रा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह