पुस ५, रोल्पा । रोल्पामा गत साउनदेखि हालसम्म ३७ जना व्यक्ति हराई परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

यसरी हराउनेमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ५, रोल्पा । रोल्पामा गत साउनदेखि हालसम्म ३७ जना व्यक्ति हराई परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

यसरी हराउनेमा "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाबाट हराएका ३७ जनामध्ये अधिकांश सम्पर्कविहीन

५ पुष २०७३, मंगलवार ०३:५८

पुस ५, रोल्पा । रोल्पामा गत साउनदेखि हालसम्म ३७ जना व्यक्ति हराई परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

यसरी हराउनेमा एकै परिवारका चार जनासम्म रहेको जिल्ला प्रहरी कार्यालयको महिला सेलकी इन्चार्ज दीलकुमारी बुढाले बताउनुभयो । सानै उमेरमा ललाइफकाइ इँटाभट्टामा लैजाने, श्रीमान्ले मादकपदार्थ सेवन गरी कुटपिट गर्ने तथा भागेर विवाह गरी परिवारलाई जानकारी नदिएका कारण पनि हराएको तथ्याङ्क बढी देखिएको इन्चार्ज बुढामगरले बताउनुभयो । 

हराउनेमध्ये अधिकांश आर्थिक अवस्था कमजोर रहेका तथा जिल्लाको सीमा क्षेत्र पाखापानी, सखी, मसिना, जिनावाङ, मिरुललगायत गाविसको रहेको बताइएको छ । 

हराएकामध्ये २० पुरुष र १७ जना महिला रहेको तथा अधिकांश २० वर्ष माथिका रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । हराएकाको खोजी कार्य तीव्र पारिएको भए पनि हालसम्म पाँच जना मात्र फेला परेको प्रहरीले जनाएको छ । त्यसरी भेटिएकामध्ये चार बालबालिका र एक महिला रहेका छन् । 

अघिल्लो वर्ष जिल्लाबाट ८० जना हराएकोमा हालसम्म उनीहरुको अवस्था थाहा हुन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह