२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा शौचालय निर्माण सामाग्री हस्तान्तरण गरिँदै

६ पुष २०७३, बुधबार १२:४७

पंकज धामी/पुस ६, दार्चुला । जिल्लालाई सन् २०१६ सम्म खुला दिशामुक्त गर्ने अभियानलाई सहयोग पु¥याउन सहयोगि सँस्था सामुदायिक ग्रामीण विकास समाज नेपाल (सिआडिएस) ले अपि नगरपालिका विपन्न परिवारलाई सौचालय निर्माणका सामाग्री हस्तान्तरण गरेको छ । 

नगरपालिका क्षेत्रमा रहेका विपन्न परिवारलाई सहयोग गरी जिल्लाई पुर्व निर्धारित समयमै खुला दिशामुक्त गर्न सिआरडिएसले सामग्री हस्तान्तरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका परिवारलाई सौचालय सेट, एक बोरा सिमेन्ट र एक मिटर पाईप वितरण गरिरहेको सिआरडियस नेपालका टिम लिडर अशोक ओझाले जानकारी दिनुभयो । 

संस्थाले अहिलेसम्म माग भई आएका धापका २२ परिवारका लागि आवश्यक सामग्री वडा कार्यालयको जिम्मा लगाएको छ भने र बाँजका १४ घरधुरीबाट माग भएको सामग्री वितरणका लागि तयारी अवस्थामा रहेको टिम लिडर ओझाले बताउनुभयो । यद्यपि सामाग्रीहरु घर निर्माण भईसकेपछि मात्रै विपन्न परिवारलाई हस्तान्तरण गरिनेछन् । 

जिल्लालाई सन् २०१६ सम्म खुला दिशामुक्त गर्न सक्ने सम्भव नभएपनि अभियानलाई समयभित्रै सम्पन्न गरिसक्न भुमिका खेलेको संस्थाले जनाएको छ । सिआरडिस नेपालले दार्चुला जिल्लाका २८ वटा गाविस र अपि नगरपालिकामा खुला दिशामुक्त अभियानमा सहयागो गरेको छ । 

आफ्नै घरमा सौचालय बनाउन पनि संघ संस्थाको मुख ताक्ने प्रबृतिले पनि जिल्लाई समयमै खुला दिशा मुक्त गर्न नसकिएको कतिपयको बुझाई छ । जिल्लाका अधिकांस ग्रामीण क्षेत्रमा सौचालय निर्माण भएपनि अपि नगरपालिकाका केही वडाहरुलाई अझै खुला दिशामुक्त घोषण गर्न कठीन देखिएको छ । सदरमुकाम क्षेत्रमा नै सरसफाईको अवस्था कमजोर देखिएपछि दुर्गम ग्रामीण क्षेत्रहरुको अवस्था के हुने ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान