३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

अश्रुग्यासका कारण तनहुँमा एक वृद्धाको मृत्यु

२७ भाद्र २०७२, आईतवार ०२:१९

भदौ २७,
तनहुँ /
 अश्रुग्यासको कारण गम्भिर घाइते भएकी एक वृद्धाको शनिबार राति मृत्यु भएको छ ।
मृतक
पुर्णबहादुर आलेका आफन्तहरुले मेडिकल रिपोर्ट नआउन्जेल शव नबुझ्ने अडान राख्दै गत बुधबार साँझ दमौली
अस्पतालमा घेराउ गर्दा चलाएको अश्रुग्यासका कारण सडकमा हिँडिरहेकी जामुने गाविस वडा नं ८ घर भई हाल
व्यासनगरपालिका वडा नं २ बस्दै आएकी ७८ वर्षीया सुनिमाया श्रेष्ठको मृत्यु भएको हो।

उनको
पोखरास्थित मणिपाल अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो । दमको रोगी रहेकी वृद्धा श्रेष्ठको
दमौलीमा सामान्य उपचारपछि थप उपचारका लागि सोही दिन पोखरा पठाइएको थियो ।

प्रहरीले उक्त दिन
उत्तेजित भीड नियन्त्रण गर्न दुई राउन्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ ।  प्रहरीको गोली लागी घाइते
भएकाहरुको एकाएक उपचारका क्रममा मृत्यु हुँदै गएपछि दमौली बजार यतिबेला तनावग्रस्त हुदै गएको छ

त्यसैगरी प्रहरीको गोली लागी उपचारकै क्रममा शुक्रबार राति मृत्यु भएका व्यास– १ भादगाउँ
निवासी १८ वर्षीय रोशन दुरालाई शनिबार साँझ बसेको सर्वपक्षीय भेलाले सहिद घोषणा र मृतकका परिवारलाई रु
१० लाख दिनेलगायतका सहमति गरे पनि आन्दोलन भने साम्य भएको छैन ।

दमौली बजार क्षेत्रमा बसिरहेका
मानिसमाथि प्रहरीले आज बिहान अन्धाधुन्ध ढुङ्गा प्रहार गर्नुका साथै दुव्र्यवहारसमेत गरेको भन्दै पुनः
आन्दोलनकारी आक्रोशित बनेका छन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घ र दमौली बजार एकाइले शान्तिपूर्ण
आन्दोलन गर्ने भनेर आइतबार बिहान माइकिङ गर्दै बजार परिक्रमा गरे पनि आक्रोशित युवाले पृथ्वीराजमार्ग
अवरुद्ध गर्नुका साथै बजारसमेत बन्द गराएका छन् ।

उक्त बन्दका कारण दमौली बजार आसपास क्षेत्रका
विद्यालयमा पठनपाठनसमेत बन्द गरिएको छ ।

दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा
कक्षा १० मा अध्ययनरत पूर्णबहादुर आलेको गत आइतबार भएको मृत्यु शङ्कास्पद भएको भन्दै आन्दोलनकारी
आन्दोलनमा उत्रिएका हुन् ।

आलेको शव पुनः परीक्षणका लागि शनिबार बिहानै काठमाडौँ पठाइएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली