सम्राट सिंह/पुस ७, बझाङ । जिल्लाका ग्रामीण भेगका गाविसहरुमा तानी विवाह गर्ने प्रचलन हाल सम्म पनि कायमै रहेको छ ।

मेलापात होस वा मेला पर्वको बेला य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह/पुस ७, बझाङ । जिल्लाका ग्रामीण भेगका गाविसहरुमा तानी विवाह गर्ने प्रचलन हाल सम्म पनि कायमै रहेको छ ।

मेलापात होस वा मेला पर्वको बेला य"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा तानी विवाह गर्ने प्रचलन कायमै

७ पुष २०७३, बिहीबार १०:४१


सम्राट सिंह/पुस ७, बझाङ । जिल्लाका ग्रामीण भेगका गाविसहरुमा तानी विवाह गर्ने प्रचलन हाल सम्म पनि कायमै रहेको छ ।

मेलापात होस वा मेला पर्वको बेला यहाँका ग्रामीण क्षेत्रका युवकहरुले मन परेकी युवतीलाई  उसको इच्छा विपरित तानेर विवाह गर्ने गरेका छन ।

तानी विवाहले कानुनी मान्यता नपाएपनि बझाङ्गी समाजले भने उक्त विवाहलाई मान्यता दिदै आएको छ । पर पुरुषले तानीसके पछि युवतीको इज्जतमा दाग लाग्ने भन्दै समाजले सम्बन्धित युवकको जिम्मा लगाउने गरेको काँडा ६ का घुरन बोहराले बताउँनुभयो ।

जिल्लाका सुर्मा, दौलिचौर, दहवगर, काँडा, दाँतोला, भामचौर, मेलविसौना, रिलु, सुवेडा, लेकगाउँ, दंगाजी लगायतका विकट गाविसमा तानी विवाह गर्ने प्रचलन रहेको छ ।

तानी विवाहले गर्दा युवक र युवती बिच सम्बन्ध विच्छेदको सम्भावना देखिएको भन्दै नागरीक समाजका अगुवा धर्मजङ्ग सिंहले यो प्रथालाई तत्काल उन्मुलन गनुपर्ने बताउँनुभयो ।

तानी विवाह कानुन विपरित भएकाले उजुरी आएमा नियम अनुसार कारबार्ही गरिने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्लाका ग्रामिण भेगमा बालविवाह, बहुविवाह, जारी विवाह लगायतका कुप्रथाहरु अझैपनि कायमै रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’