2026-09-19 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा खोलाजन्य सामग्री निकासी गर्ने स्मृति निर्माण सेवाले बुझायो ३५ लाख जरिवाना

पुस ७, कावासोती । नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा अवैध रुपमा खोलाजन्य सामग्रीको उत्खनन र निकासी गर्दैआएको स्मृति निर्माण सेवाले ३५ लाख रुपैयाँ जरिवाना बुझाएको छ ।

जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीका अनुसार स्मृति निर्माण सेवालाई ६५ लाख जरिवाना बुझाउन भनिएकामा उक्त रकम मात्र दाखिला गरेको हो । 

मङ्सिर २५ गते खोलाबाट २७ टिप्पर र तीन जेसिवीलाई नियन्त्रणमा लिइएको थियो । आधा रकम दाखिला पछि १७ टिप्पर छुटेका छन् । खोलाबाट अवैध रुपमा नदीजन्य सामग्री निकासी भइआएको गुनासो बढेपछि स्थानीय विकास अधिकारी जीवलाल भुसालसहितको टोलीले निरीक्षण गरी ढुवानीका साधन नियन्त्रणमा लिएको थियो ।

स्मृति निर्माण सेवाले तीन वर्ष अगाडि केरुङ्गे खोला ठेक्कामा लिएको र त्यस बेलाको स्टक सामग्री भएको भन्दै खोलाको दोहन गरेको गुनासो बढेपछि स्थानीय विकास अधिकारी भुसालले कारबाहीका लागि पहल लिएका हुन् । कारबाहीको प्रक्रिया अगाडि बढेपछि स्मृति निर्माण सेवाका सञ्चालकहरु नेताहरुकोमा गुहार्न पुगेको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो