११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा खोलाजन्य सामग्री निकासी गर्ने स्मृति निर्माण सेवाले बुझायो ३५ लाख जरिवाना

७ पुष २०७३, बिहीबार १०:४८

पुस ७, कावासोती । नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा अवैध रुपमा खोलाजन्य सामग्रीको उत्खनन र निकासी गर्दैआएको स्मृति निर्माण सेवाले ३५ लाख रुपैयाँ जरिवाना बुझाएको छ ।

जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीका अनुसार स्मृति निर्माण सेवालाई ६५ लाख जरिवाना बुझाउन भनिएकामा उक्त रकम मात्र दाखिला गरेको हो । 

मङ्सिर २५ गते खोलाबाट २७ टिप्पर र तीन जेसिवीलाई नियन्त्रणमा लिइएको थियो । आधा रकम दाखिला पछि १७ टिप्पर छुटेका छन् । खोलाबाट अवैध रुपमा नदीजन्य सामग्री निकासी भइआएको गुनासो बढेपछि स्थानीय विकास अधिकारी जीवलाल भुसालसहितको टोलीले निरीक्षण गरी ढुवानीका साधन नियन्त्रणमा लिएको थियो ।

स्मृति निर्माण सेवाले तीन वर्ष अगाडि केरुङ्गे खोला ठेक्कामा लिएको र त्यस बेलाको स्टक सामग्री भएको भन्दै खोलाको दोहन गरेको गुनासो बढेपछि स्थानीय विकास अधिकारी भुसालले कारबाहीका लागि पहल लिएका हुन् । कारबाहीको प्रक्रिया अगाडि बढेपछि स्मृति निर्माण सेवाका सञ्चालकहरु नेताहरुकोमा गुहार्न पुगेको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह