पुस ८, रोल्पा । इँटाभट्टामा काम गर्न काठमाडौँ जान भनी घरबाट हिँडेका रोल्पाका ११ बालिकालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आज नियन्त्रणमा लिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ८, रोल्पा । इँटाभट्टामा काम गर्न काठमाडौँ जान भनी घरबाट हिँडेका रोल्पाका ११ बालिकालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आज नियन्त्रणमा लिएको "/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

इँटाभट्टामा लगिँदै गरेका रोल्पाका ११ बालिका नियन्त्रणमा

२०७३, ८ पुष शुक्रबार ०८:३२


पुस ८, रोल्पा । इँटाभट्टामा काम गर्न काठमाडौँ जान भनी घरबाट हिँडेका रोल्पाका ११ बालिकालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आज नियन्त्रणमा लिएको छ ।

सोह्र वर्षमुनिका ती बालिकालाई आफ्नै गाउँकी पवित्रा रानाले काठमाडौँस्थित महेश्वरी इँटाभट्टामा काम लगाइदिने भनी लान लागेका अवस्थामा रोल्पा बसपार्कबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

“अहिले अनुसन्धान प्रक्रियामा छौँ, अनुसन्धानले देखाएअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछाँ ”महिला सेल इन्चार्ज दिलकुमारी बुढाले भने। ती बालिका आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय छाडेर कामको खोजीमा लागेको बताइएको छ ।

अनुसन्धान नसकिँदासम्म उनीहरुलाई सेभ हाउसमा राखिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालबालिकालाई कानुनतः श्रममा लगाउन नपाइने भएका कारण घर फिर्ता पठाउने तयारी भइहेको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत गोकर्ण पुनले बताए ।

बालिका परिवार जिम्मामा

घरबाट भागेर कोहलपुर पुगेका तीन बालिकालाई रोल्पा प्रहरीले आज आफन्तको जिम्मा लगाएको छ । गत मङ्सिर २० गते विद्यालय गएका उनीहरु भागेर कामको खोजीमा हिँडिरहेका बेला बाँके प्रहरीले नियन्त्रणमा लिई थ्रि एन्जल्स नेपाल बाँके नामक संस्थालाई बुझाएको थियो ।

उनीहरुलाई महिला तथा बालबालिका कार्यालय बाँकेले जिल्ला प्रहरी कार्यालय रोल्पा र थ्रि एन्जल्सको रोहबरमा महिला तथा बालबालिका कार्यालय रोल्पामा बुझाएको बताइएको छ ।

सदरमुकाम लिवाङमा रहेको सेभ हाउसमा तीन दिनसम्म राखिएका उनीहरुलाई आजै आफन्तको जिम्मा लगाइएको महिला अधिकारकर्मी तीर्था आचार्यले बताए ।  

अध्ययनका लागि विद्यालय हिँडेका उनीहरु भागेर कामको खोजीमा रोल्पाको सुलीचौर हुँदै भालुवाङबाट कोहलपुर पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । आगामी दिनमा उनीहरुलाई नभाग्ने वातारण बनाउन परिवारजनलाई सम्झाइबुझाइ गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ